Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जानुहुँदै

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लाग्नुभएको हो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ घण्टा अघि)
प्रधानमन्त्री शाह भारतको राजकीय  भ्रमणमा आइतबार नयाँदिल्ली जानुहुँदै

काठमाडौँ, ४ मङ्सिरः प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्नुहुनेछ ।

सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

  • Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

  • Post Thumbnail

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

  • Post Thumbnail

    मन्त्रिपरिषद् बैठक बस्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

    Post Thumbnail

    जुवाको खालबाट २५ जना पक्राउ

    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

    Post Thumbnail

    मिथिला क्षेत्र आज उत्सवमय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution