Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

मिथिला क्षेत्र आज उत्सवमय

मधेसको प्राचीन मिथिला क्षेत्र आज उत्सवमय छ । हिन्दू परम्पराका इष्टदेव श्री विष्णु चार महिनाको निद्राबाट ब्युझेर तुलसीसँग विवाह गर्नुभएकोे विश्वासमा आज मिथिला क्षेत्र उत्सवमय भएको हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

महोत्तरी, ४ मङ्सिरः मधेसको प्राचीन मिथिला क्षेत्र आज उत्सवमय छ । हिन्दू परम्पराका इष्टदेव श्री विष्णु चार महिनाको निद्राबाट ब्युझेर तुलसीसँग विवाह गर्नुभएकोे विश्वासमा आज मिथिला क्षेत्र उत्सवमय भएको हो ।

चन्द्रमासको कात्तिक शुक्ल एकादशी तिथिका दिन श्री विष्णु चार महिनाको निद्राबाट ब्युझेर तुलसा (वनष्पति) सँग विवाह गर्नुभएको विश्वास गरिन्छ । मैथिल परम्परामा यो एकादशीलाई बोधिनी पनि भनिन्छ । शास्त्रीय परम्परामा यो एकादशीको नाउँ हरिबोधिनी र हरिप्रबोधनी पनि रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

यस पर्वको अवसरमा भक्तिपूर्वक व्रत रही भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह आयोजना गरेर देवोत्थान उत्सव मनाउने मैथिल परम्परा छ ।

आज यस अवसरमा यहाँ प्रायः सबै मिथिला बस्तिमा श्री विष्णु र तुलसाबीच विवाहका मङ्गल गीत गुञ्जदैछन् । श्री विष्णु र तुलसाप्रति समर्पित यो पर्वपछि मिथिलामा विवाह, यज्ञोपवित (व्रतबन्ध), गृहप्रवेश, मुण्डन र यज्ञयज्ञादिसहितका शुभकार्यको बाटो खुल्ने मानिन्छ ।

श्री विष्णु समुद्रमा सयन गर्नुभएको मानिने असार शुक्ल एकादशीपछि रोकिने यस्ता शुभकार्य देवोत्थान उत्सवसँगै खुल्ने मान्यताले यो पर्व मैथिल परम्परामा खास मानिन्छ ।

असार शुक्लपक्षको एकादशीलाई श्री विष्णु सयन गर्नुभएको विश्वासमा सो दिनलाई हरिसयनी र कात्तिक शुक्ल एकादशीका दिन जाग्ने मान्यताले यसलाई हरिवोधनी भनिएको मैथिल संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा ध्रुव रायको भनाइ छ ।

देवोत्थान उत्सवपछि हरिसयनी एकादशी अघिसम्म आयोजना गरिने शुभकार्यमा श्री विष्णुको कृपादृष्टि रहने मैथिल विश्वास गर्छन् ।

मिथिलामा यो पर्व निष्ठाका साथ व्रत गर्दै श्री विष्णु र तुलसाबीच विवाह उत्सव मनाएर गरिन्छ । यस दिन घरआँगनको तुलसीको मठ सिँगार्ने र विष्णु रुप मानेर शालिग्रामसँग तुलसाको विवाह भएको उत्सव मनाइन्छ ।

यो विवाह उत्सवमा मिथिलानी (मिथिलाका नारी) सुमधुर विवाह गीत गाउँछन् । ‘बाजु सहनाई, बाजु मृदंग, हरषित भेल मिथिलाक अंगअंग । तुलसीक मण्डप पूmलसँ सजल , हरि–तुलसीक जोडी खिलैत रहल । जयजय विष्णु , जयजय तुलसी रानी, अमर रहय ई प्रेमक कहानी ।’

उक्त मधुर गीतका बीच श्री विष्णु र तुलसी विवाह सम्पन्न गर्ने मैथिल परम्परा छ । उत्सवका बीच मिथिलानी विवाहका विधि नै पिच्छे मङ्गलगीत गाइरहन्छन् ।

अघि सत्य युगमा जालन्धर नाम गरेका दैंत्यकी पत्नी वृन्दा पतिव्रता नारी थिइन् भन्ने पौराणिक कथा छ । वृन्दाको पतिव्रता पूण्यले जालन्धरको अन्त्य गर्न नसकेपछि शिवजीको सल्लाहमा श्री विष्णुले जालन्धरको रुप धारण गरी उनको धर्म नष्ट गर्नुभएको वर्णन छ ।

वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि जालन्धरको संहार हुन्छ । पछि यो कुरा थाहा पाएपछि वृन्दाले श्री विष्णुलाई ढुङ्गा बन्ने श्राप दिनुभएको कथा छ ।

वृन्दाको श्रापले श्री विष्णु शालिग्राम पत्थर बन्नु भएको र विष्णुले वृन्दालाई झार हुने र आपूmले विवाह गर्ने बताएपछि वृन्दा तुलसी रुपमा अवतरित भएकी विश्वास गरिन्छ ।

दुवैको श्रापले श्री विष्णु शालिग्राम र वृन्दा तुलसा बनेका र कात्तिक शुक्ल एकादशीका दिन दुवैको विवाह भएको विश्वासमा यो परम्परा मनाउँदै आएको बताइन्छ ।

तुलसा औषधीय गुणयुक्त वनष्पति भएको हुँदा हिन्दू समाजमा घरघरै मठ बनाएर देवीका रुपमा पूजाअर्चनाको परम्परा चलेको हो ।

देवोत्थान एकादशी व्रत प्रभावले विष्णुलोक प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । यस दिन बिहानै सूर्योदयपूर्व धार्मिक महत्वका जलाशयमा नुहाएर व्रत सङ्कल्प गरिन्छ ।

यो व्रत कसैले निराहार र कसैले फलाहार गरेर मनाउँछन् । पर्वका दिन तुलसी मठ, तलाउको डिल र गाउँबस्तीका धार्मिक महत्वका मठमन्दिरमा साँझ दीपोत्सव मनाइन्छ ।

पर्वको मुख्य आकर्षण भने तुलसी शालिग्राम विवाह नै रहने मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । भगवान् विष्णु जागा हुने र यसै दिन तुलसीसँग विवाह हुने दिनलाई मिथिलानीले गीतमा यसरी जोड्छन् ।

‘देव उठल कात्तिकमें , शुभ कार्य स‘ब होइ, तुलसी विवाहक नेपथ्यसँ मंंंगल बजन गुँजी सोइ ।’ पर्वमा राती जाग्राम बसेर हरि कीर्तन गर्दै भोलिपल्ट द्वादशी तिथिमा यो व्रत साङ्गता गरिने मैथिल प्रचलन छ ।

वर्षका सबै एकादशी व्रत गर्न नसकेका हरुले पनि देवोत्थान र हरिशयनी एकादशी व्रत गरे सबै व्रत गरेको पूण्य प्राप्त हुने एकादशी महात्म्यमा उल्लेख रहेको डा. वैष्णवको भनाइ छ ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

  • चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

  • Post Thumbnail

    हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

  • आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

    आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

    Post Thumbnail

    जुवाको खालबाट २५ जना पक्राउ

    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

    Post Thumbnail

    मिथिला क्षेत्र आज उत्सवमय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution