
काठमाडौँ, ३ मङ्सिरः जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो ।
मोरङ, बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रूपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |