Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हुम्ला

हुम्लाको खडिखेतमा झोलुङ्गे पुल निर्माणका लागि प्रक्रिया अघि बढ्यो

हुम्लाको सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

हुम्ला, ४ मङ्सिरः हुम्लाको सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढेको छ ।

पुल नहुँदा लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई ध्यानमा राख्दै पोखरास्थित काँदुरी संस्थाले पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । पुल निर्माणका लागि आवश्यक अध्ययन तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन संस्थाको आठ सदस्यीय प्राविधिक टोली भोलि खडिखेत पुग्ने गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।

हाल खडिखेतमा पुल नहुँदा स्थानीयवासी तुइनको सहायताले नदी वारपार गर्न बाध्य छन् । यसबाट विशेषगरी बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र बिरामीलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ । तुइनबाट सामान ओसारपसार गर्दा लाखौँ मूल्यका सामग्री नदीमा खस्ने गरेको स्थानीयको भनाइ छ ।

वडा नं २ र ६ बीचको विवाद तथा असमझदारीका कारण यसअघि पुल निर्माण हुन सकेको थिएन । पछिल्लो समय दुवै वडाका जनप्रतिनिधि र स्थानीयवासीबीच सहमति जुटेपछि निर्माण प्रक्रिया अघि बढेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

पुल निर्माण भएपछि रिपगाउँवासीलाई गाउँपालिका केन्द्र सर्केगाड र सदरमुकाम सिमकोट आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजका लागि जोखिमपूर्ण तुइन यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ ।

  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो

  • नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

    नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

  • Post Thumbnail

    प्रहरी उपरीक्षक चन्द ‘पुलिस अफ द मन्थ’

  • ‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

    ‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

    एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

    Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

    Post Thumbnail

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution