Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

स्वयम्सेवक प्रशिक्षकका भरमा सुदूरका पहाडी जिल्लाको खेलकुद

आसन्न कर्णाली प्रदेशको सुर्खेतमा हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले सिङ्गो मुलुकको खेलकुद चलायमान भइरहेको छ । सबैतिर खेलाडी छनोटका साथै खेलकुदका गतिविधि सञ्चालन भइरहेका छन् ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (१ दिन अघि)
Post Thumbnail

महेन्द्रनगर, ३ मङ्सिरः आसन्न कर्णाली प्रदेशको सुर्खेतमा हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले सिङ्गो मुलुकको खेलकुद चलायमान भइरहेको छ । सबैतिर खेलाडी छनोटका साथै खेलकुदका गतिविधि सञ्चालन भइरहेका छन् । सुदूरपश्चिममा पनि प्रदेशस्तरको छनोट अन्तिम चरणमा छ ।

मुलुकमै खेलकुदका लागि उत्कृष्ट मानिएको सुदूरपश्चिम प्रदेशमा खेल पूर्वाधार र खेल प्रशिक्षक भने खेलाडीले पाउन सकेका छैनन् । तराईका कञ्चनपुर र कैलालीमा अधिकांश खेलका प्रशिक्षक रहेपनि यहाँका सात पहाडी जिल्लाका खेलकुदको अवस्था भने दयनीय छ ।

दशौँ बहृतको प्रदेश छनोटमा सुदूरपश्चिमका सात पहाडी जिल्लाका खेलाडी पनि प्रतिस्पर्धाबाट राष्ट्रिय प्रतियोगिताका लागि छानिए पनि यी जिल्लामा लामो समयदेखि खेल प्रशिक्षकको अभाव छ । हालै सम्पन्न प्रदेश छनोटमा दश स्वर्ण जितेको बाजुरा जिल्लाले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट कुनै प्रशिक्षक नपाइएको जिल्ला खेलकुद समितिले जनाएको छ ।

समितिकी अध्यक्ष कोपिला सिंहले खेलकुदमा राज्यको उपस्थिति कार्यालय प्रमुख र एक जना कार्यालय सहयोगीले गरिरहेका बताउनुभयो । “राखेपबाट प्रशिक्षक आएर हाम्रा खेलाडीलाई प्रशिक्षण दिए खेलको नजिता थप उपलब्धिमूलक हुने थियो”, उहाँले भन्नुभयो, “यहाँ बक्सिङ्गमा योगेन्द्र थापा, उसुमा हिमाल खड्का र करातेमा नरेन्द्र ओलीले स्वयम् सेवक प्रशिक्षकको भूमिका निभाएर बाजुराको खेल गतिविधि चलायमान बनाएका छन् ।”

अध्यक्ष सिंहले पूर्वाधारको अभावबीच बाजुराको खेलकुद स्वयम् सेवक प्रशिक्षकको भरमा सञ्चालन भइरहेको बताउनुभयो । “स्वयम्सेवक प्रशिक्षकलाई पनि राज्यका तर्फबाट कुनै सेवासुविधा छैन”, उहाँले भन्नुभयो, “पुराना खेलाडी भएकाले उहाँहरूले खेलकुदप्रतिको मायाले सहयोग गरिरहनुभएको छ ।” उहाँले आसन्न राष्ट्रिय प्रतियोगितामा बाजुराका २० जना खेलाडीले प्रतिनिधित्व गर्ने जानकारी दिनुभयो ।

“यस वर्ष प्रदेश सरकारबाट रु २० लाख रकम खेलकुदका लागि विनियोजन भएको छ”, अध्यक्ष सिंहले भन्नुभयो, “बाजुरा जस्तै यहाँका पहाडी जिल्ला खेलकुदका क्षेत्रमा उपेक्षामा परेका छन् ।” त्यसैगरी बझाङमा करातेका लागि दुई जना फुलकन्ट्याक्ट (कराते वा मार्सल आट्र्सको विधा) स्वयम्सेवक प्रशिक्षकको व्यवस्था गरिएको जिल्ला खेलकुद समिति बझाङका अध्यक्ष कमल सिंहले जानकारी दिनुभयो ।

प्रदेश छनोटमा फुलकन्ट्याक्ट गरेका आठ जना बझाङका खेलाडीले स्वर्ण जितेका छन् । समितिका अध्यय सिंहले भन्नुभयो, “प्रदेशमा अहिले खेलाडीको विवरण सङ्कलन हुँदैछ । व्यक्तिगततर्फ ११ जना स्वर्ण जितेर राष्ट्रियमा जाने निधो भइसकेको छ ।” उहाँले पनि बझाङमा राष्ट्रिय खेलकुद परिषद्बाट कुनै प्रशिक्षक नखटिएका बताउनुभयो ।

अध्यक्ष सिंहले भन्नुभयो, “१७ खेलमा २०७ जना खेलाडी प्रदेश छनोटमा सहभागी हुँदा हामीसँग प्रशिक्षकको सङ्ख्या शून्य जस्तै थियो । स्रोतसाधनको अभावबीच पनि खेलाडीहरू सक्रिय भई भविष्य खोजिरहेका छन्, यो सामान्य विषय होइन ।” बझाङमा फुलकन्ट्याक्ट करात्मा जिल्ला खेलकुद समितिका पूर्वअध्यक्ष पुष्पलाल रोकाया र पूर्वखेलाडी योगेन्द्र बोहराले प्रशिक्षकलाई निरतन्रता दिएका छन् ।

“प्रशिक्षक नपाएका खेलाडीले सुविधासम्पन्न जिल्लाका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । पहाडी जिल्ला खेलकुदका लागि पूर्वाधारमा निकै पछाडि छ”, सिंहले भन्नुभयो, “भौगोलिक अवस्थाअनुसार खेलकुदको व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ ।”

अछाममा भने राष्ट्रिय खेलकुद परिषद्का दुई जना प्रशिक्षक कार्यरत रहेका जिल्ला खेलकुद समितिका अध्यक्ष गोकुल शाहले जानकारी दिनुभयो । “करातेका हिक्मत भुल र कवड्डीका उत्तम चन्द यहाँ कार्यरत हुनुहन्छ”, उहाँले भन्नुभयो, “स्रोतसाधन नहुँदा पनि यहाँका छ जना खेलाडीले प्रदेशमा स्वर्ण जितेका छन् । १७८ जना खेलाडीले प्रदेशमा सहभागिता जनाएका थिए ।”

त्यसैगरी सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा भने स्थानीय पालिकाले खेलकुदलाई चलायमान बनाएका छन् । यहाँ पालिकाले जिल्लाभरिमा विभिन्न खेलका १० जना स्वयम्सेवक प्रशिक्षक नियुक्त गरेर खेल प्रशिक्षणमा सहयोग पु¥याएका जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगत ऐरले बताउनुभयो ।

“राखेपको प्रशिक्षक यहाँ नभएपनि पालिकाले प्रशिक्षक नियुक्त गर्दा खेलकुदको विकासमा टेवा पुगेको छ”, ऐरले भन्नुभयो, “यहाँ इन्डोर हल छ । क्रिकेट मैदान पनि बन्दैछ ।” यहाँको दार्चुलामा पनि अधिकांश खेलको विकास र विस्तारमा पालिका सक्रिय देखिएका छन् । दार्चुलामा करातेका ओमकार गिरीबाहेक राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षक छैनन् ।

“पालिकाले कराते, कवड्डी, एथ्लेटिक्स र भलिबल गरी १२ जना स्वयम्सेवक प्रशिक्षक नियुक्त गरेर प्रशिक्षणमा खटाएका छन्”, कराते प्रशिक्षक ओमकार गिरीले भन्नुभयो, “हरेक राष्ट्रिय प्रतियोगिता हुँदा दार्चुला कुनै न कुनै खेलमा सहभागी भएकै छ ।” उहाँले दार्चुलाको खेल पुर्वाधार विकासमा सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यहाँबाट आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भएका खेलाडीको विवरण संकलन भइरहेको उहाँको भनाइ छ ।

त्यसैगरी सुदूरका पहाडी जिल्ला बैतडीमा पनि भलिबलका प्रशिक्षक हरिसिंह भण्डारी मात्रै कार्यरत छन् । जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले आर्थिक अभावका कारण पनि खेलकुद गतिविधि बढाउन नसकिएको बताउनुभयो । “एथ्लेटिक्स, क्रिकेट, फुटबल र बास्केटबलमा खेलाडी छनोट भए तर प्रशिक्षक छैनन्”, उहाँले भन्नुभयो, “कार्यालय भाडामा छ । कार्यालयमा सहयोगीसम्म छैन ।”

यता खेलकुद समिति डोटीका अध्यक्ष वीरबहादुर खड्काले पनि खेलकुदको विकास र विस्तार गर्ने भनिएपनि राज्यबाट पहाडी जिल्लाका लागि प्रभावकारी व्यवस्थापन नभएको बताउनुभयो । “खेल प्रशिक्षक नहुने तर खेलाडीलाई खेलका गतिविधिमा सहभागी गराउनुपर्ने परिस्थिति छ”, उहाँले भन्नुभयो, “राज्यले खेलकुदको विकासका लागि आवश्यक रकम लगानी गर्नुपर्छ ।”

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले पहाडी जिल्लामा मात्र नभई यहाँका तराईका जिल्लामा पनि प्रशिक्षक अभाव रहेको बताउनुभयो । “दशौँ खेलकुदको तयारीका बेला स्वयम्सेवक प्रशिक्षकका लागि केन्द्रमा माग गरेका थियौँ”, उहाँले भन्नुभयो, “भने जति स्वयम्सेवक प्रशिक्षक पाइएन । अहिले प्रशिक्षकबिना नै तयारी र अभ्यास भइरहेको छ ।”

  • दार्चुला
  • बझाङ
  • बाजुरा
  • बैतडी
  • महेन्द्रनगर
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

  • एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

    एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

  • एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

  • Post Thumbnail

    भारत ‘ए’द्वारा नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

    Post Thumbnail

    सेतीनदीको किनारमा भक्तजनको घुइँचो

    Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution