
काठमाडौँ, ४ मङ्सिर: एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आज भारत ‘ए’ ले नेपाललाई जितका लागि ३३३ रनको लक्ष्य दिएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३२ रनको योगफल बनाएको हो ।
भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले । कुमारले १०२ बलमा १० चौका र ५ छक्काको मद्दतले ११७ रन बनाए । त्यस्तै तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे । सूर्यांश शेडगेले १४ बलमा अविजित ३६ रन बनाए भने वैभव सूर्यवंशीले २६, अभिषेक शर्माले ९ तथा रिंकु सिंहले समान ९ रन बनाए ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |