Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (१ दिन अघि)
कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

भद्रपुर (झापा), २ मङ्सिरः हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् ।

चौध वर्षदेखि अलपत्र पुल परिसरमा हुलाकी सङ्घर्ष समितिले आज आयोजना गरेको बहुभाषिक कन्काई कवि सम्मेलनका वक्ताहरूले ठेक्का सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले हुलाकी राजमार्गको समग्र समस्या बुझ्न आफूले मेची–महाकाली यात्रा सुरु गरेको बताउँदै कन्काई पुलको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुलले भूगोल र व्यापार व्यवसाय जोड्छ । कन्काई पुलको छुट्टै महत्व छ । यसलाई अब अलपत्र पार्नु हुँदैन । निर्माणका लागि सदनमा समेत आवाज उठाउनेछौँ ।”

त्यस्तै, प्रतिनिधिसभा सदस्य शम्भु ढकाल ‘सुस्केरा’ले सरकारले पुरानो ठेक्का रद्द गरी निर्माण कम्पनीलाई जरिवाना गर्ने प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । उहाँका अनुसार चाँडै सम्बन्धित मन्त्रालयबाट प्राविधिक टोली आएर नयाँ पुल निर्माण गर्ने वा पुरानै संरचनाको बाँकी काम सम्पन्न गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ ।

कार्यक्रममा विभिन्न भाषाका कविहरूले आआफ्ना कविता वाचन गर्दै पुल निर्माणमा भइरहेको ढिलाइप्रति व्यङ्ग्य र चिन्ता व्यक्त गरेका थिए । हुलाकी सङ्घर्ष समितिका संयोजक रामरिजन यादवले १४ वर्षसम्म राज्यले एउटा पुलसमेत निर्माण गर्न नसक्नु लज्जाजनक भएको जनाउँदै सरकारलाई दबाब दिन र निर्माण प्रक्रिया छिटो अघि बढाउन कवि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार कन्काई पुल निर्माणका लागि २०६८ जेठ ३१ गते पप्पु–महादेव खिम्ती जेभीसँग रु ३४ करोड नौ लाखमा ठेक्का सम्झौता भएको थियो । सात सय २३ मिटर लामो पुल २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि पाँच पटक म्याद थप गर्दा पनि भौतिक प्रगति ५६ प्रतिशतमा सीमित भएको थियो ।

निर्माणमा भएको ढिलाइपछि सरकारले ठेक्का रद्द गरी निर्माण कम्पनीबाट रु एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ जरिवाना असुल गर्ने प्रक्रिया अघि बढाएको छ । पुल निर्माण नहुँदा झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ सहित आसपासका हजारौँ नागरिक प्रभावित छन् । वर्षायाममा कन्काई नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने र हिउँदमा बाँसको अस्थायी पुलबाट शुल्क तिरेर वारपार गर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन् ।

  • झापा
  • प्रतिनिधिसभा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

  • Post Thumbnail

    नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

  • Post Thumbnail

    सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

  • Post Thumbnail

    कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

    Post Thumbnail

    जुवाको खालबाट २५ जना पक्राउ

    Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई नगद राहत

    Post Thumbnail

    मिथिला क्षेत्र आज उत्सवमय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution