
धादिङ, ४ मङ्सिर: रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित र अन्य तीन जनालाई धादिङ अस्पताल पठाइएको छ ।
सवारी चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय एक बालक आमोश तामाङको अवस्था गम्भीर रहेको प्रवक्ता दाहालले राससलाई जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |