Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१५ मिनेट अघि)
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली (तनहुँ), १ मङ्सिर ः तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।

उपचार केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका सर्वसाधारणले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा वा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

केन्द्रको शुभारम्भ गर्नुहुँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीलाई सहज, सुलभ र स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध गराउने उद्धेश्यले उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । नगरपालिकाभित्रै आँखा उपचार सेवा सुरु भएपछि सामान्य समस्या लिएर पनि पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास थियो ।

उहाँले स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पु¥याउनु स्थानीय सरकारको प्राथमिकतामध्येको एक भएको उल्लेख गर्दै उपचार केन्द्रलाई प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापाले हिमालय आँखा अस्पतालले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको आँखा उपचारमा निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले कुनै पनि स्वास्थ्य संस्था वा उपचार केन्द्र शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु र सेवाग्राहीले नियमित सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण हुने बताउनुभयो । उपचार केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा दिलबहादुर क्षेत्रीले आँखाको स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले आँखाको नियमित परीक्षणमा लापरवाही नगर्न आग्रह गर्दै समयमै परीक्षण र उपचार गर्न सके आँखासम्बन्धी धेरै समस्याबाट बच्न सकिने धारणा राख्नुभयो ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न समयमा स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध गराउने प्रयासअन्तर्गत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।

हिमालय आँखा अस्पतालबाटै जनशक्ति व्यवस्थापन

उपचार केन्द्रमा आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन हिमालय आँखा अस्पताल पोखराले गर्ने व्यवस्था मिलाइएको छ । यसले उपचार केन्द्रबाट प्रदान गरिने सेवाको गुणस्तर र निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शुभारम्भको दिन सेवाग्राहीका लागि निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको छ । बुधबारदेखि भने आँखा परीक्षणका लागि प्रतिव्यक्ति रु ५० शुल्क निर्धारण गरिएको छ ।

स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध हुन थालेपछि व्यास नगरपालिकाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । सामान्य आँखा परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने समय र खर्च बचत हुनुका साथै समयमै उपचार सेवा प्राप्त गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताउनुभयो ।

  • कास्की
  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

  • Post Thumbnail

    दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

  • Post Thumbnail

    दुई कैदीबन्दी पक्राउ

  • नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

    हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

    Post Thumbnail

    करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

    Post Thumbnail

    मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

    Post Thumbnail

    छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution