Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रौतहट

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

आस्था, श्रद्धा, भक्ति,आत्मशुद्धि, संयम, निष्ठा र पारिवारिक सहभागितालाई विशेष महत्व दिँदै हर्षाेल्लासका साथ यस वर्षको छठपर्व सम्पन्न भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१४ मिनेट अघि)
Post Thumbnail

रौतहट, १ कात्तिक : आस्था, श्रद्धा, भक्ति,आत्मशुद्धि, संयम, निष्ठा र पारिवारिक सहभागितालाई विशेष महत्व दिँदै हर्षाेल्लासका साथ यस वर्षको छठपर्व सम्पन्न भएको छ ।

प्रकृति तथा सूर्यप्रतिको सम्मानसँगै सामाजिक एकता, सद्भाव र सहअस्तित्वको सन्देश बोकेको छठपर्व शुक्रबार सुरु भई सोमबार सम्पन्न भएको हो । चार दिनको पर्व अवधिमा शुक्रबार सफासुग्घर एवं शुद्ध भई शनिबार खरना, आइतबार अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै पर्व समापन भएको हो ।

पहिले तराई–मधेसमा मात्र मनाइने छठपर्व पछिल्ला वर्षहरूमा देशका अधिकांश भागसहित विदेशमा समेत मनाइने गरेको देखिन्छ । छठ पर्वको विशेष दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु तथा श्रद्धालु रातभर घाटमा जाग्राम बसेर छठीमाताको आराधना गर्ने, लोकगीत तथा भजन गाउने तथा भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुले चारदिने कठिन व्रत सम्पन्न धार्मिक विधि रहेको छ । छठपर्व यसवर्ष कात्तिकको अन्तिम साता परेकाले धानबाली करिब भित्र््याइसकेको तथा तातो–चिसो नभइ मौसम अनुकूल रहेकाले रौतहटसहित छिमेकी जिल्ला बार, पर्सा र सर्लाहीमा समेत छठको रौनक थपिएको स्थानीयको भनाइ छ ।

गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा व्रतालुको सङ्ख्यामा करिब १५ प्रतिशत वृद्धि भएको छ । रौतहटमा पर्ने बागमती नदी, लालबकैया नदी, अरुवा खोला, भकुवा खोला, महकार पोखरी, इनरपोखरी, सहरमुजुवा पोखरीलगायत स्थानीय तालतलैया तथा खोलानालामा व्रतालु तथा भक्तजनको उल्लेख्य भीडभाड देखिन्थ्यो ।

परम्परागत रुपमा मनाइदैआएको स्थानीय छठघाटहरूमा विशेष सजिसजावटका पण्डालहरूमा व्रतालुसहित परिवारजन पूजाअर्चनामा व्यस्त देखिन्थे । रमाइलो हेर्ने स्थानीय युवा तथा सर्वसाधरणको छठघाटहरूमा बाक्लो उपस्थिति देखिन्थ्यो ।

दशकअघिको तुलनामा पछिल्ला वर्षहरूमा छठघाटहरूलाई आकर्षक र सुविधा सम्पन्न बनाउन नजानिदो तरिकाले प्रतिस्पर्धा चलेको देखिन्छ । सीमा क्षेत्रका घाटहरूमा स्थानीय बजारमा उपलब्ध सामग्रीको अतिरिक्त भारतीय बजारबाट सजावटका सामग्री ल्याएको देखिन्छ । यसकिसिमको घटनाक्रमलाई जिल्लास्थित धर्म तथा संस्कृतिसँग सम्बद्ध व्यक्ति तथा बुढापाकाहरूले राम्रो मानेको देखिदैनथ्यो ।

बौद्धिमाई नगरपालिका वडा नं ७ का ७२ वर्षीय रामदेव महतोले ५० वर्षअघिको छठघाटमा यस किसिमको तडकभडक नहुने र सजावटका सामग्री पनि नपाइने अवस्था थियो भन्नुभयो । महतोले भन्नुभयो, “उहिले सामान पाइँदैनथ्यो, अन्नअनाज प्रसस्तै भए पनि पैसा हुँदैनथ्यो । अहिलेका मानिससँग पैसा छ, सुखसयलमा रमाउँछन् । यस्तै हो भने अब छठको मौलिकपन हराएर झकिझकाउ र देखावटीले स्थान पाउँछ ।” यसैगरी, मौलापुर नगरपालिका–५ का ३५ वर्षीय खागा दास बालक कालमा आपूmले देखेको छठ पर्व तीर्थ, वर्त, न्यासध्यान, चोखोनिधोमा केन्द्रित थियो तर अहिले तडकभडकसहित रमाउने प्रवृत्ति बढेको बताउनुहुन्छ ।

यसैगरी बौद्धिमाई नगरपालिका–५ का श्रीप्रकाश कौशल र नितेषनन्दन मिश्र पनि धार्मिक तथा सांस्कृतिक पक्षभन्दा नाचगान, भजनकीर्तन, चुड्किला, नाटक प्रदर्शनसहित छठ पर्वलाई विशेष उत्सवका रुपमा मनाउने क्रम बढेको भनी चिन्ता व्यक्त गर्नुहुन्छ ।

जिल्लास्थित सजाइएका प्रमुख छटघाटहरूमा प्रोजेक्टरमार्फत धार्मिक चलचित्र प्रदर्शनीसहित पौराणिक कथा वाचनको व्यवस्था गरिएको, विशेषगरी युवा–युवती गीतसङ्गीतमा रमाइरहेको स्थानीयवासीको भनाइ छ ।

छठपर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे बौधीमाई नगरपालिका–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्र छठलाई आस्था, भक्ति र सङ्गीतको अनुपम सङ्गमका रूपमा व्याख्या गर्दै यसको मौलिकपन हराउन नदिन विशेषगरी युवावर्गलाई सचेत गराउनुपर्ने बताउनुहुन्छ । मिश्रका अनुसार यस पर्व अवधिमा माछामासु, लसुन, प्याजलगायत तामसी भोजन त्याग्ने धार्मिक मान्यता रहेको छ ।

यसैगरी, बौधीमाई नगरपालिकाका पूर्वमेयर राजीवरञ्जन यादवका अनुसार पछिल्लो समय छठपर्व तराई–मधेसमा मात्र सीमित नरही देशका विभिन्न भूभाग हुँदै विश्वका विभिन्न मुलुकसम्म फैलिएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानका कारण यसको लोकप्रियता दिनप्रति दिन बढ्दै गएको उहाँले बताउनुभयो ।

  • पर्सा
  • रौतहट
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

  • Post Thumbnail

    काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

  • Post Thumbnail

    झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

  • आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

    Post Thumbnail

    धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

    Post Thumbnail

    काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

    Post Thumbnail

    चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution