Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गोरखा

धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (३१ मिनेट अघि)
Post Thumbnail

गोरखा, १ मङ्सिर : धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।

धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिनुभयो । बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत्विहीन बनेको थियो ।

उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका छन् । सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताउनुभयो ।

उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको हो । “उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ”, गुरुङले भन्नुभयो, “त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।”

धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताउनुभयो ।

गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।” धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए ।

स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।

  • गोरखा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

  • Post Thumbnail

    काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

  • Post Thumbnail

    झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

  • आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

    Post Thumbnail

    छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

    Post Thumbnail

    धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

    Post Thumbnail

    काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution