
सप्तरी, १ मङ्सिर : चिनियाँ दूतावासले बलान बिहुल गाउँपालिकामा शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको छ ।
गाउँपालिकामा चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख युकियान चेङको उपस्थितिमा आज उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
चिनियाँ दूतावासको ‘भाइबरेन्ट भिलेज’ कार्यक्रमअन्तर्गत गाउँपालिका–६ स्थित जागेश्वर गहराई जनता माध्यमिक विद्यालयलाई ११० सेट बेञ्च/डेस्क, विद्यालयका एक हजार १०० विद्यार्थीका लागि एक हजार १०० थान शैक्षिक सामग्री र एउटा वासिङ मेसिन हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक भोला यादवले जानकारी दिनुभयो ।
त्यसैगरी, गाउँपालिकाभित्र रहेका बर्थिङ सेन्टरका लागि १२ थान एयर कन्डिसनर (एसी) तथा वडा कार्यालयका लागि शुद्ध खानेपानी उपलब्ध गराउने प्लान्टसमेत सहयोग गरिएको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताउनुभयो ।
दूतावासको सहयोगले गाउँपालिकाका विद्यालयमा शैक्षिक सुविधा विस्तार हुनुका साथै बर्थिङ सेन्टरको सेवा प्रवाह र स्थानीय तहमा स्वच्छ खानेपानीको पहुँच विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यादवको संयोजनमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा मधेसी आयोगका पूर्वअध्यक्ष विजय दत्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |