Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ । अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर् याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (३ घण्टा अघि)
नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

काठमाडौँ, ३० कात्तिक : नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ । अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ ।

बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा कृष्ण हमाल र मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ । नइ एकेडेमी, अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीका अनुसार नेपाली तथा अस्ट्रेलियियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्‍याएवापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ समर्पण गरिएको छ ।

नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, सञ्चारमार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै डा भरत पौडेललाई सम्मान गरिएको छ । मानवसेवा अस्ट्रेलियालाई उल्लेखनीय योगदान पुर्‍याएवापत एक हजार डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ समर्पण गरिएको छ ।

अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ । संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ । पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

त्यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् । सङ्गीततर्फ नेपाली साङ्गीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ मार्फत चर्चामा आएका उदाउँदा गायक तथा सङ्गीतकर्मी ‘तिखतार’ लाई पनि पुरस्कृत गरिएको छ ।

नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल: जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

  • Post Thumbnail

    एनपिएलको लिग चरण सकियो

  • Post Thumbnail

    यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

  • महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

    महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

    Post Thumbnail

    मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

    Post Thumbnail

    एनपिएल: जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution