Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नेपालगञ्ज

खुर्सानीमा गाउँलाई आत्मनिर्भर बनाउने कृषक यादवको प्रयास

भारतीय बजारमा निर्भरता घटाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका किसान व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (३ घण्टा अघि)
Post Thumbnail

नेपालगञ्ज (बाँके), ३० कात्तिक : भारतीय बजारमा निर्भरता घटाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका किसान व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको छ ।

सोही सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का अगुवा किसान गोपी यादवले विभिन्न प्रजातिका खुर्सानीखेती गर्दै स्थानीय बजारको माग पूरा गर्ने प्रयास गरिरहनुभएको छ । कृषक यादवले भन्नुभयो, “हामीले आफ्नै खेतबारीमा मेहनत गरेर खुर्सानी उत्पादन गर्न सके परनिर्भरता घटाउन सकिन्छ । त्यसका लागि किसानले व्यावसायिक खेती र बजारको मागअनुसार उत्पादन बढाउन आवश्यक छ ।”

उहाँले उत्पादन गरेको खुर्सानी खरिद गर्न व्यापारी खेतमै पुग्ने गरेका छन् । व्यापारीले खुर्सानी बारीबाटै प्रतिपाउ रु ८० का दरले खरिद गर्दै आएका छन् । त्यही खुर्सानी बजारमा प्रतिपाउ रु १०० सम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

कृषक यादवले भन्नुभयो, “हाम्रो बारीमै व्यापारी खुर्सानी किन्न आउनुहुन्छ । उहाँहरूले प्रतिपाउ ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँसम्म बिक्री गर्नुहुन्छ । यसले किसानलाई उत्पादन गर्न उत्साह मिलेको छ । बजार खोज्दै हिँड्नुपर्ने अवस्था पनि छैन ।”

उहाँले विगत केही वर्षदेखि १० कठ्ठा जमिनमा खोर्सानीखेती गर्दै आउनुभएकामा यस वर्ष भने केही क्षेत्रफल बढाउनुभएको छ । अन्य बाली र तरकारीभन्दा खुर्सानीको कमाइ राम्रो भएकाले उहाँले जमिनको क्षेत्रफल बढाएको प्रतिक्रिया दिनुभयो ।

यादवका अनुसार बजारमा विभिन्न प्रजातिका खुर्सानीको माग छ । व्यापारीले एकैपटक तीनदेखि चार प्रकारका खुर्सानीको माग गर्दै आएका हुन्छन् । मागअनुसार सबै प्रजातिका खुर्सानी एकै ठाउँमा उपलब्ध हुन नसके व्यापारी भारतीय बजार रुपैडिहा जाने गरेका छन् । किसानले बजारमा कुन प्रजातिको खुर्सानीको माग छ भन्ने बुझेर खेती गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले खुर्सानीखेतीमा उत्पादन बढाउने मात्र नभई गुणस्तर कायम राख्न पनि ध्यान दिँदै आउनुभएको छ । उहाँका खुर्सानीका बोटमा देखिने ढुसी तथा ब्याक्टेरियाजन्य समस्या पहिचान गर्न परीक्षण गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।

“खेती गर्दा उत्पादन मात्रै हेरेर हुँदैन, बालीको स्वास्थ्य र गुणस्तरमा पनि ध्यान दिनुपर्छ । खुर्सानीका बोटमा विभिन्न प्रकारका रोग तथा संक्रमण देखिन सक्छन् । त्यस्ता समस्या समयमै पहिचान गर्न सके बालीमा हुने क्षति कम गर्न सकिन्छ”, कृषक यादवले भन्नुभयो ।

उहाँका अनुसार, कृषि खेतमा बीउ रोपेर उत्पादन लिने मात्रै होइन । कुन बाली लगाउने, बजारमा केको माग छ, बालीमा कस्तो समस्या देखिएको छ भन्ने कुरा पनि बुझ्नुपर्छ । प्राविधिक ज्ञान लिएर खेती गर्न सके राम्रो उत्पादन र आम्दानी लिन सकिन्छ ।”

जाडो मौसम बढेसँगै तराईमा ढोंडे खुर्सानीको माग बढने हुनाले त्यो पक्षलाई मध्यनजर गर्दै कृषक यादवले त्यो जातको खुर्सानी लगाउनुभएको छ । “हामी कहाँ खेतीयोग्य जमिन छ, मेहनत गर्ने किसान पनि छन् । बजारको मागअनुसार उत्पादन गर्न सकियो भने आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो । स्थानीय बजारको माग पहिचान गरी आफ्नै खेतबारीमा मेहनत, प्राविधिक ज्ञान र बजारको मागलाई ध्यान दिएर खेती गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्न सकिने उहाँको सुझाव छ ।

  • नेपालगञ्ज
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

  • मथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै

    मथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै

  • हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषय–मन्त्री चौधरी

    हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषय–मन्त्री चौधरी

  • तमोरको बगरमा ड्रागन फ्रुट खेती

    तमोरको बगरमा ड्रागन फ्रुट खेती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution