Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

तमोरको बगरमा ड्रागन फ्रुट खेती

उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (२० मिनेट अघि)
तमोरको बगरमा ड्रागन फ्रुट खेती

धनकुटा, ३० कात्तिकः उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ । देशका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी लिन नसकिरहेको अवस्थामा जस्तोसुकै मिल्किएको जमिनमा पनि मेहेनत गरी उहाँले राम्रो आम्दानी लिन सक्नुभएको छ ।

चारैतिर बालुवा नै बालुवा । न मलिलो माटो, न पर्याप्त पानीको सुविधा । सामान्यतया खेती गर्न कठिन मानिने तमोर नदीको बगर तर त्यही बगरमा अहिले हरियाली छाएको छ । लहरै फैलिएका ड्रागन फ्रुटका बोट, कतै फ्रुटले भरिन थालेका बिरुवा त कतै नयाँ बालीका लागि तयार पारिएका संरचना । कुनै बेला खेतीका लागि अनुपयुक्त मानिने यही जमिन अहिले आम्दानीको स्रोत बनेको छ ।

परम्परागत सोचभन्दा फरक ढङ्गले खेती गर्ने सोचाइ बनाएका भण्डारीले बालुवा र ढुङ्गाले भरिएको जमिनलाई व्यावसायिक कृषि उद्यमको आधार बनाउनु भएको छ । उहाँको प्रयासले खेती गर्न उर्वर जमिन नै चाहिन्छ भन्ने मान्यतालाई पनि चुनौती दिएको छ । तीन वर्षअघि भण्डारीले तमोर नदीको बगरमा ड्रागन फ्रुट खेती सुरु गर्नुभएको थियो । सुरुमा करिब पाँच रोपनी क्षेत्रफ्रुटमा ड्रागन फ्रुटका बिरुवा लगाउनुभएका उहाँले करिब ३०० बिरुवाबाट खेतीको सुरुआत गरेको बताउनुभएको छ । सुक्खा तथा बलौटे जमिनमा पनि उत्पादन लिन सकिने सम्भावना देखेपछि उहाँले यो खेती रोजेको बताउनुभयो ।

सुरुआतमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैको चुनौती थियो तर उत्पादन हुन थालेपछि बजारमा राम्रो माग देखियो । ड्रागन फ्रुटको मूल्यसमेत राम्रो पाइएपछि उहाँको आत्मविश्वास बढ्दै गयो । त्यसपछि खेती विस्तार गर्ने योजना बनाएर अहिले ड्रागन फ्रुट खेतीलाई करिब नौ रोपनी क्षेत्रफ्रुटमा विस्तार गरेको भण्डारी बताउनुहुन्छ । ड्रागन फ्रुट खेतीबाट सुरु भएको उहाँको कृषि यात्रा अहिले बहुबाली खेतीसम्म पुगेको छ । एउटै बालीमा निर्भर हुँदा जोखिम बढी हुने र वर्षभरि नियमित आम्दानी गर्न कठिन हुने भएकाले उहाँले जमिनको प्रकृति तथा हावापानीअनुसार विभिन्न फ्रुटफूल र तरकारी खेती विस्तार गरेको बताउनुभयो ।

हाल उहाँले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर खेती गरेको बताउनुभएको छ । त्यस्तै, करिब १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती विस्तार गर्नुभएका भण्डारीले यसवर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रुपमा लगाउनुभएको छ । त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत गर्नुभएको छ । बगरको जमिनदेखि माथिल्लो भागसम्म उपलब्ध क्षेत्रलाई उपयोग गर्दै उहाँ विभिन्न बालीको सम्भावना परीक्षण गरिरहेको बताउनुहुन्छ ।

ड्रागन फ्रुटले दिलायो कृषिमा लाग्ने प्रेरणा

भण्डारीका लागि ड्रागन फ्रुट खेती व्यावसायिक कृषिको पहिले खुड्किलो बनेको छ । सुरुमा नयाँ बालीका रुपमा लगाइएको ड्रागन फ्रुट अहिले आम्दानीको महत्वपूर्ण आधार बनेको उहाँको भनाइ छ । ड्रागन फ्रुटले सुरुका दिनमा बजारमा राम्रो मूल्य पाएको भण्डारी बताउनुहुन्छ । उत्पादन सुरु हुँदा प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो ।

अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको उहाँको भनाइ छ । उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारीहरू खेतीस्थलमै आउने गरेका छन् । यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने झन्झटसमेत कम गरेको छ । उत्पादनको गुणस्तर र मागका कारण बगानमै आएर फ्रुट खरिद गर्ने ग्राहक बढेको उहाँ बताउनुहुन्छ । ड्रागन फ्रुटको बजार सम्भावना देखेपछि नै आफूले अन्य फ्रुटफूल तथा तरकारी खेतीमा समेत लगानी बढाएको भण्डारीको भनाइ छ । धनकुटामा पछिल्लो समय सुख्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ । परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रुपमा ड्रागन फ्रुटलाई लिन थालेका छन् । जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउनसके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरिएको र अहिले किसानलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षबाट अनुदानका कार्यक्रम सञ्चालनको तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

बाली विविधीकरणबाट आम्दानी बढाउने योजना कृषिमा एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुनसक्छ । त्यसैले भण्डारीले विभिन्न समयमा उत्पादन दिने फलफूल तथा तरकारीलाई प्राथमिकता दिएको बताउनुभएको छ । ड्रागन फ्रुटपछि एप्पल बयर खेती सुरु गर्नुभएका उहाँले अहिले त्यसका करिब पाँच सय बोट हुर्काइरहनु भएको छ । एप्पल बयरका बोटको आकार र उमेर बढ्दै जाँदा उत्पादन पनि बढ्ने अपेक्षा उहाँको छ । नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने विश्वास रहेको उहाँले बताउनुभयो ।

केरा खेतीमा पनि उहाँले नयाँ जातको परीक्षण गरिरहेको बताउनुभयो । स्थानीय मालभोग जातसँगै जी–नाइन जातको केरा लगाएर उत्पादनको सम्भावना बुझ्ने प्रयास गर्नुभएको भण्डारीले बताउनुभयो । त्यस्तै, म्याकाडेमिया र एभोकाडो खेतीलाई पनि भविष्यको आम्दानीको आधार बनाउने उहाँको योजना छ । तरकारी खेतीतर्फ टमाटरलाई प्राथमिकता दिनुभएका भण्डारीले यसअघि करेला खेतीको अनुभव पनि लिनुभएको थियो तर करेला उत्पादनमा बढी मिहेनत गर्नुपर्ने र बजारको समस्या हुने भएकाले त्यसबाट अपेक्षित आम्दानी लिन नसकेको उहाँको अनुभव छ ।

सिँचाइ व्यवस्थापनमा सहयोग

तमोर नदीको बगरमा खेती विस्तार गर्दा सबैभन्दा ठूलो चुनौती सिँचाइ व्यवस्थापन हो । बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था नगरी व्यावसायिक खेती सम्भावना नहुने भएको छ । यसलाई ध्यानमा राखेर भण्डारीले सिँचाइको व्यवस्थापन गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण गरिएको छ । यसबाट खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ । सोही सहयोग तथा सहजीकरणमा केरा खेतीसमेत विस्तार गरिएको हो । भण्डारीको कृषि उद्यमबाट केही स्थानीय व्यक्तिले रोजगारीसमेत पाएका छन् । खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ । सामान्यतया रोजगारीको खोजीमा अन्यत्र जाने युवाका लागि आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।

अहिले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको भण्डारीले बताउनुभयो । विभिन्न बालीको उत्पादन बढ्दै जाँदा आम्दानीसमेत बढ्ने उहाँको भनाइ छ । अहिले लगाइएका एप्पल बयर, म्याकाडेमिया, एभोकाडो र अन्य फ्रुटफूलका बोटले पूर्ण उत्पादन दिन थालेपछि कृषि व्यवसायलाई थप ठूलो आकारमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो । आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पु¥याउने लक्ष्य रहेको भण्डारीले बताउनुभयो । त्यसका लागि अहिले नै विभिन्न जातका फ्रुटफूल तथा तरकारी खेती विस्तार गर्दै बजारको सम्भावना खोजिरहेको उहाँले बताउनुभयो ।

  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

    मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

  • Post Thumbnail

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

  • ‘सबैका लागि पूर्वसूचना’लाई  विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

    ‘सबैका लागि पूर्वसूचना’लाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

  • रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तमोरको बगरमा ड्रागन फ्रुट खेती

    तमोरको बगरमा ड्रागन फ्रुट खेती

    Post Thumbnail

    ‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’

    घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

    घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

    Post Thumbnail

    राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution