Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

मथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै

बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाउनुभएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (२ घण्टा अघि)
मथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै

महोत्तरी, ३० कात्तिक: बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाउनुभएको छ । पछिल्ला तीनवर्षयता आफ्नै आँगनमा घाट बनाएर छठ मनाउँदै आउनुभएका उहाँले निर्मित सानो पोखरीमा रातु नदीको कुलोबाट पानी भरेपछि नुहाउन र अर्घ दिने प्रयोजनमा सहज बनेको बताउनुभयो ।

“नदी निकै टाढा छ, घरपायक पर्ने पोखरीका घाटमा ठाउँ पाउँन छोड्योे”, महतोले भन्नुभयो, “यसरी घरआँगनमै घाट बनाएपछि परिवारका सबै एकै ठाउँमा रही अर्घमा सहभागी हुन पाइयो, अब सधैँलाई ढुक्क भयो ।” महतोजस्तै बर्दिबास-२ कै छिमेकी उपेन्द्र महतो, बुधन महतो, पवि रेग्मी, भरत ठाकुर र वीरेन्द्र झाले पनि आफ्नै घरआँगनमा छठघाट बनाएर पर्व मनाउन थाल्नुभएको छ ।

बर्दिबास बजार क्षेत्रमात्र नभएर यसै नगरपालिका क्षेत्रका हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरसहितका बस्तीका घरआँगनमा छठघाट बनाएर पर्व मनाउनेक्रम ह्वात्तै बढेको देखिन्छ । यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीहरुमा पनि घरआँगनमै छठघाट बनाएर धेरैले पर्व मनाएका छन् ।

“बस्तीको पुछारको पोखरीमा घाट त बन्यो, तर हामीले ठाउँ पाएनाँ”, भङ्गाहा-४ रामनगरकी व्रतालु कञ्चन मुखियाले भन्नुभयो, “घरकै नावर सफा गरेर पानी भरियो, यसपटक यहीँ मनाइयो ।” ग्रामीण क्षेत्रभन्दा सहरीकरण हुँदै गएका बस्तीमा यो क्रम बढेको पाइन्छ । पहिलेजस्तो सामूहिक रुपमा छठ मनाउने चलन क्रमश: हराउँदै गएकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

“पहिले छठघाटको सरसफाइ, साजसज्जा र व्यवस्थापनमा एउटा बस्तीभरिका परिवार सरिक हुन्थे, अब यसकिसिमिको सामूहिकताको चलन हराउँदै गएको छ”, गौशाला-१० लक्ष्मीनियाँका ७५ वर्षीय लक्ष्मीप्रसाद महतो भन्नुभयो, “यस्तै चलन बढ्दै गए एकै टोल-बस्तीका बासिन्दाबीच हेलमेल तथा हार्दिकतामा कमी आउँछ, यसले छठ पर्वको मौलिकता र रौनकता हराउँदै जाने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।”

विशेषगरी सहरीकरणसँगै मिथिला क्षेत्रका नयाँ पुस्ताका युवा-यवतीको व्यस्तता र जलाशयहरुमा ठाउँको अभावले छठघाट घरआँगनमै बन्न थालेको सन्दर्भमा पुराना पुस्ताले भने यसलाई सहज रुपमा लिएको देखिँदैन । गौशाला-१२ पडरियाका बासिन्दा एवं पत्रकार राजीव राय कुर्मीका अनुसार स्थानीय गाउँबस्ती तालतलैया तथा पोखरी लोप हुँदै गएको तथा घरनजिकका पोखरीमा ठाउँको अभाव भएको अवस्थामा बाध्य भई घरआँगनमै छठघाट तयार गरी पर्व मनाउने चलन बढ्दै गएको हो ।

यसपटक बर्दिबास-७ को प्रेमनगर पनि घरमै छठघाट बनाएर छठ पर्व सम्पन्न गरिएको छ । करिब ३०० घरपरिवारको बसोबास रहेको सो बस्तीमा पोखरी नभएको र नजिकको बडहरी नदीमा पानी सुकेकाले आआफ्ना इनार छेउमा छठघाट बनाएर नावरमा भरिएको पानीमा नुहाउने र अर्घ दिने विधि सम्पन्न गरेर पर्व मनाइएको स्थानीय शिक्षक राजवीर महतोले जानकारी दिनुभयो ।

पछिल्ला समय धेरैजसो गाउँठाउँमा पोखरी, जरुवा र नदीका मुहान सुक्नथालेपछि मान्छेलाई छठ मनाउन प्रकृतिले नै नयाँ विकल्प सुझाएको भन्ने भनाइ यस क्षेत्रमा सुन्न पाइन्छ । बर्दिबास-९ पशुपतिनगरका बासिन्दा एवं सञ्चारकर्मी सुरेन्द्रकुमार सिंहले भन्नुभयो, “सबैकुरा समय र परिवेशले सिकाउँदो रहेछ, हामीले अब घरआँगनमै छटघाट बनाएर पर्व मनाउन सिक्यौंँ, हामीले नचाहे पनि अब योक्रम बढ्दै जानेछ ।”

पोखरी र ससाना डबरा सुक्ने र भूल (जरुवा) मासिदै गएपछि पहिलेका सामूहिक छठघाटको परम्परा छुट्दै अब मान्छेले घरघरै छठघाट बनाउने कुरा सिक्दै गएका चुरे तथा जलाधार विज्ञ सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासका अध्यक्ष नागदेव यादवको भनाइ छ ।

स्थानीय बुद्धिजीविहरुका अनुसार तराई मधेसक्षेत्रका परम्परागत नदीनाला तथा ताल लोप हुनथालेसँगै घरपायक छटघाटको अभाव, बढ्दो सहरीकरणसँगै व्यस्त जीवनशैली, सजिलोका लागि वैकल्पिक उपायको खोजी, चाडपर्व, धर्म-संस्कारलाई आत्मसाथ् गरेपनि सामूहिक भेटघाट र बसाइभन्दा पनि घरपरिवारमा रमाउने युवा पुस्ताजस्ता कारण आआफ्नै निवासपरिसरमा छटघाट तयार गर्नेक्रम बढेको तर यसले छठ पर्वको मौलिक पक्ष कमजोर भइ आपसि एकता, सद्भाव र हार्दिकता कमजोर हुनेसक्नेतर्फ सचेत हुन आवश्यक छ ।

पछिल्लो दशकमा स्थानीय नदी तथा खोलानालाबाट बालुवा तथा ढुङ्गा झिक्नेक्रम बढेको, वनक्षेत्र मासिएको र भौगर्भिक दृष्टिले कमजोरचुरे रहेको चुरेक्षेत्रका स्रोतसाधन दोहन भएकाले वातावरणमा प्रतिकूल असर पुगी स्थानीय खोलानाला तथा तालतलैया सुक्न थालेको अवस्थामा घरआँगनै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढेको मिथिलाबासीको भनाइ छ ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

  • Post Thumbnail

    खुर्सानीमा गाउँलाई आत्मनिर्भर बनाउने कृषक यादवको प्रयास

  • हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषय–मन्त्री चौधरी

    हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषय–मन्त्री चौधरी

  • तमोरको बगरमा ड्रागन फ्रुट खेती

    तमोरको बगरमा ड्रागन फ्रुट खेती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

    Post Thumbnail

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution