Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

मौलिक लोकपरम्परा, समुन्नत संस्कृति र प्रत्येक चाडवाडसँग सम्बन्धित गीत मिथिला क्षेत्रका वैभव मानिन्छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा सामूहिक रूपमा मनाइने पर्व होउन् वा घरमा आयोजना गरिने शुभकार्य, प्रत्येक अनुष्ठानका लोकपरम्परामा स्थापित गीत छन् ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (४५ मिनेट अघि)
Post Thumbnail

महोत्तरी, २९ कात्तिकः मौलिक लोकपरम्परा, समुन्नत संस्कृति र प्रत्येक चाडवाडसँग सम्बन्धित गीत मिथिला क्षेत्रका वैभव मानिन्छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा सामूहिक रूपमा मनाइने पर्व होउन् वा घरमा आयोजना गरिने शुभकार्य, प्रत्येक अनुष्ठानका लोकपरम्परामा स्थापित गीत छन् । मिथिला अहिले महापर्व छठको उल्लासमा छ । निष्ठा, भक्ति र इष्टदेवप्रतिको समर्पण भावको महापर्व छठमा अहिले जताततै भक्तिरसमा डुबेका लोकभाका गुञ्जदा छन् । सूर्यदेव र षष्ठीदेवी (छठी)को आराधना गरिने यो महापर्वले मिथिला क्षेत्र अहिले भक्तिमय बनेको छ ।

‘छठी मैया अँगना पधारु, करु कृपा अपार लालललनाके दीर्घायु दिअ, सुखी रहे परिवार । धनधान्य सँ भरल रहे, सबहक घरदुआर, अँहाक चरणमें शीश झुकाबी, हे मैया दातार ।’

छठ पर्वका गीतमा सूर्योपासना, छठीदेवीको महिमा गान र पारिवारिक मङ्गलकामनाका मुख्य भाव समेटिएका हुन्छन् । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिका साथ सम्पन्न गरिने यस महापर्वका विधि नै पिच्छेका गीत छन् । पहिलो दिन ‘नहायखाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन निराहार व्रतसँगै साँझपखको अस्ताउँदा सूर्य र छठीदेवीलाई अघ्र्य दिइने ‘सझुकाअरख’ र अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्य र छठीदेवीलाई अघ्र्य दिएर पर्व समापन गरिने ‘पारन’ यस महापर्वका मुख्य विधि हुन् । मिथिलामा यी सबै विधिमा सूर्य र छठीदेवीको पुकारा गर्दै गीत गाइन्छन् । प्रत्येक गीतमा छठी मैया र सूर्यदेवसँग विनित भावमा पारिवारिक कल्याणको कामना गरिन्छ ।

‘हे छठी मैया, अरज सुनु हमार, भ्रिदिअ सुख–सम्पत्ति सँ घरआँगन हमार । नइ माँगी सोना नइ माँगी चानी, सुखी रहैक सबहक घरदुआर, बस् एतबे दियौ वरदानी ।’

पर्वका ‘सझियाअरख’ र ‘पारन’ का दिन गीतबाटै सूर्यको उपासना गरिन्छ । खासगरी साँझको अघ्र्य दिएर घाटमै बिहानको सूर्योदय पर्खने आम चलन छ । लामो निराहार व्रत गरेका बर्तालु अन्तिम दिन बिहान सूर्यलाई चाँडै उदाइदिन गीतबाटै अनुनय विनय गर्छन् ।

‘उगु हे सुरुज देव, अरघके बेर भेल, अँहाक दर्शनक लेल, अँखियाबाट तकैत रहल । दीन–दुखियाक दुःख हरु, हे दिनकर भगवान, अहाँक कृपा बनल रहे, हमरासभपर महान ।’

महापर्वका खास विधिमा गाइने गीत र छठी माताका महिमा गान दीपावली सकिनासाथ यस क्षेत्रमा गुञ्जन लागेका हुन् । महापर्वमा यहाँका लोकभाकामा गाइने अधिकांश गीतमा छठीदेवीलाई दयाकी खानी र सूर्यदेवलाई सम्पूर्ण उर्जाका स्रोत र दुःखहर्ता इष्टदेवका रुपमा पुकारिएका भाव पाइन्छन् । मुख्यत सूर्य उपासनाको यो महापर्वमा सूर्यपत्नी षष्ठीको महिमागानले इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक सूर्यनारायण दास बताउनुहुन्छ ।

“पत्नीको गरिएको महिमागानले सूर्यदेव चाँडै प्रसन्न हुने विश्वास बनेको छ”, दास भन्नुहुन्छ, “त्यसैले सूर्य उपासनाको पर्व भए पनि गीतचाहिँ बढी छठी मैयाका महिमा गानका सुनिन्छन् ।” पहिलोचोटी छठ व्रत थालेकी एक युवतीको छठीमैयासँग गीतमा यस्तो विन्ती सुनिन्छ ।

‘पहिलेपहिले बेर करैछी छठी मैयाके पुकार, हे मैया, हम कुछ न जानी, हमरा करियौ उद्धार !!”

पर्वका प्रत्येक विधि र तयारीसँग जोडिएका गीत छन् । पर्वका लागि सामग्री तयार गरिँदा, प्रसाद सामग्री बनाउन जाँतो÷ढिकी चलाउँदा कुट्दाका र विधिवत पर्व सुरु भएपछिका प्रत्येक विधिभित्रका क्रियाकलाप बर्तालु मिथिलानी मधुर गीतबीच नै पूरा गर्छन् ।

यसपालिको छठ महापर्व बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट सुरु गरेका हुन् । पर्वको दोस्रो दिन ‘खरना’, तेस्रो दिन आइतबार निराहार व्रतमा रही बर्तालुले साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर ‘सझुकाघाट’ सम्पन्न गर्नेछन् । सोमबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘पारन’ गरिएसँगै पर्व सम्पन्न हुनेछ ।

‘नहाय–खाय’ विधि आत्मिक र शारीरिक शुद्धिबाट सुरु गरिन्छ । यसका लागि बर्तालुले सबैभन्दा पहिले हातगोडाका नङ काट्ने गर्छन् । यसैगरी धार्मिक महत्वको जलाशयमा पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्छन् । अरवा (नउसिनिएको) चामलको भात र हरियो सागसब्जीमात्र खाएर बस्ने हुँदा मैथिल परम्परामा यस दिनलाई ‘अरबाअर्बाइन’ पनि भनिन्छ । पर्वको पहिलो दिन बर्तालु जलाशयमा नुहाउने बेलामा यससँग जोडिएको भक्तिगीत यसरी गुञ्जन्छ ।

‘भोरुकामें नदीया नहाइ, हे दिनानाथ, फूलपान चढाइ ना, बाबा, तोहर सब गुन गाइना…!’

छठ महापर्वका सबै विधिका गीतमा भक्ति, श्रद्धा र समर्पण भाव समेटिएको हुने मैथिल लोकपरम्पराका अध्येता मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

पर्वका गीतमा सूर्यको महिमा गाइएको हुन्छ । जसमा जगतलाई प्रकाश दिएर उज्यालो छरेको वर्णन हुन्छ । यसैगरी षष्ठीदेवी, जसलाई मैथिल बोलिचालीमा ‘छठीमाता’ भनिन्छ, उहाँ अत्यन्त दयालु र दुःखीको पुकारा सुन्ने देवीका रूपमा महिमागान हुने गरेको छ । यस्ता गीतमा षष्ठीदेवीलाई दीनदुःखीप्रति करुणा गर्ने भाव व्यक्त हुने गरेको छ । महापर्वको उल्लास र मधुरवाणीमा गुञ्जने छठका लोकभाकाले अहिले मिथिला क्षेत्रको सम्पूर्ण परिवेश भक्तिमय बनेको छ ।

व्रत समापनको अन्तिम अर्थात् चौथो दिन सप्तमी तिथिको बिहान जलाशयको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर बर्तालुले सूर्यलाई अघ्र्य स्वीकार गरीदिन विनय गर्छन् ।

‘अरघके बेर भेलै हो दिनानाथ, करियौ अरघ स्वीकार ! जलबीच करुणा मगैछी, हे छठी मैया, नारियल लठार !!

पर्वका यिनै विधिसँग जोडिएका भक्तिगीत अहिले गुञ्जदा सिङ्गो मिथिला भक्तिमय र छठमय बनेको छ । सबै भेटघाट छठका लागि छन् । सबै काम छठप्रति समर्पित छन् । मिथिलामा यो पर्वको व्रत पुरुष÷महिला दुवैले लिनसक्ने विधान भए पनि चलनमा भने अधिकांश घरमूली महिलाले लिने गरेका छन् । लगभग सबै जाति समुदायले मनाउने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्ग र लोकआस्थाको महापर्व रहेको पाका मैथिल सगर्व बताउँछन् । यी गीतले सबैप्रति समभाव र करुणा राख्न सम्पूर्ण मानव जगत्लाई सन्देश दिने गरेका मटिहानी–७ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको धारणा छ ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

  • Post Thumbnail

    छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

  • Post Thumbnail

    छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

  • आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

    आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution