Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (२० मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, २९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुल्नुभएको छ । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाउनुभएको छ । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गर्नुभएको छ ।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल

यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक हुनुहुन्छ युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिनुभएको हो । पहिलो सहभागितामै उहाँले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल हुनुभएको छ ।

राहुलले सात खेलमा १२ विकेट लिनुभएको छ । यससँगै उहाँ प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा हुनुहुन्छ । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिनुभएको थियो । त्यसपछि लगातार दुई खेलमा विकेटविहीन हुनुभएका उहाँले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गर्नुभयो । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिनुभएको छ ।

रिजनको निरन्तर विकेट

यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिनुभएको छ । चितवन राइनोजबाट खेलिरहनुभएका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिनुभएको छ । उहाँले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिनुभएको छ ।

रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसक्नुभएका ढकालले नेपालका लागि आठ टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ ।

ब्याटिङमा लोकेश बम अब्बल

ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपिएलमा राम्रो प्रभाव छोड्नुभएको छ । विराटनगर किङ्सबाट खेलिरहनुभएका उहाँले सात खेलमा २४२ रन बनाउनुभएको छ । उहाँ लिगमा सर्वाधिक रन बनाउने ब्याटर हुनुहुन्छ ।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेल्नुभएको छ । नेपालका लागि २९ टी–२० अन्तरराष्ट्रिय खेल खेलिसक्नुभएका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाउनुभएको छैन ।

राशिद खान पनि पुनरामगनको खोजीमा

राशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुल्नुभएको छ । काठमाण्डु गोर्खाजबाट खेलिरहनुभएका उहाँले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाउनुभएको छ ।

राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

    महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

  • गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

    गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    Post Thumbnail

    बङ्गुरपालनबाट मनग्य आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution