Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बारा

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१३ घण्टा अघि)
Post Thumbnail

बारा, २८ कात्तिक: लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले परापूर्वकालदेखि मनाउँदै आएका यस पर्वमा खरना विधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

व्रतालु तथा तिनका आफन्त खरना विधिको तयारीमा बिहानैदेखि जुटेका छन् । खरना विधि पूरा गर्न आँपको दाउराको व्यवस्था गर्न युवाहरू आँपको बगैँचातिर छन् । आँपका सुकेको दाउरा सङ्कलन गरिरहेको अवस्थामा भेटिएका कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयाका धर्मेन्द्र गिरीले खरना विधिमा आँपको दाउराको विशेष महत्व हुने बताउनुभयो ।

“रसियाउ रोटी विधिको सबै परिकार आँपकै दाउरामा पकाइन्छ”, उहाँले भन्नुभयो, “त्यसैले व्रत मान्ने सबै घरका युवा आँपको दाउरा सङ्कलन गर्न खटिएका छौँ ।” बिहान सङ्कलन गरिएको आँपको दाउरा दिनभरी घाममा सुकाएर राति पूजाका परिकार पकाउन प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको यो पर्वको पहिलो दिन बारा सदरमुकाम कलैयालगायत जिल्लाभरिका व्रतालुले नहायखाय विधि पूरा गरेका छन् । व्रतालुले शुद्धतापूर्वक आँफैले पकाएको सात्विक भोजन ग्रहण गरेका हुन् । व्रत बस्ने महिला/पुरुष खानाखानु अघि नुहाएर शुद्ध घिउमा बनाइएको सात्विक खाना खाएर नहाय खाय विधि पूरा गरेका हुन् ।

व्रतको दोस्रो दिन आज ‘रसियाउ रोटी’ अर्थात् खरना विधि गरिँदैछ । व्रतालुले मिठा, सख्खर, दूध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धतापूर्वक गहुँ पानीले सफा गरेर घाममा सुकाइ सफा गरेको उपकरणमा पिँधेर निकालेको पीठोबाट रोटी पकाएर प्रसादका रूपमा खाने चलन छ ।

रसियाउ रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला व्रतालु महिला (छठैतिन) ले खान्छन् । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादका रूपमा त्यहीँ रोटी खाएर बस्छन् । पर्वको तेस्रो अर्थात् मुख्य दिन आइतबार व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउँछन् ।

व्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा साँझ अस्ताउँदै गरेको सूर्यलाई बासको सुपुली र दाउरामा पूजाका सामग्री राखेर अघ्र्य दिने परम्परा रहेको कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयाकी व्रतालु मान्तीदेवी ठाकुरले जानकारी दिनुभयो ।

त्यसको भोलिपल्ट अर्थात् पर्वको अन्तिम दिन सोमबार उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अघ्र्य दिँदै छठ पूजालाई विधिवत रूपमा समापन गरिन्छ । व्रत समापन भएको अन्तिम दिन व्रतालुले गाँउ घरमा रहेका इनार, चापाकल, घरमा भएका सवारीसाधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किन्छन् ।

पूजा समाप्त गरेपछि घरमा बनेको मिठो परिकार खाने चलन रहिआएको उहाँले जानकारी दिनुभयो । “हिन्दूले मान्ने पर्वमध्ये छठ व्रत सबैभन्दा कठिन मानिन्छ”, व्रतालु ठाकुरले भन्नुभयो, “यो पर्वमा व्रतालु निर्जल र निराहार बस्छन् । व्रत अवधिमा पानीसमेत सेवन गर्दैनन् । शौच गरेलगत्तै नुहाइधुवाइ गरेर नयाँ कपडा फेर्ने चलन छ ।”

व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छरछिमेक र इष्टमित्र कहाँ पठाउने तथा विवाह गरेर गएका छोरीहरूलाई बायन पठाउने चलन रहेको कलैया-१६ का वडा सदस्य ओमप्रकाश यादवले बताउनुभयो । छठ पर्व मनाउँदा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वासका कारण तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व विस्तारै पहाडी र हिमाली क्षेत्रमा समेत मनाउन थालिएको उहाँले बताउनुभयो ।

श्रद्धा, भक्ति र धार्मिक सहिष्णुताको प्रतिकका रूपमा स्थापित छठ व्रत तराई मूलका ९५ प्रतिशत हिन्दू महिलाले मनाउने गरेको उहाँको भनाइ छ । तराई क्षेत्रमा बसोबास गर्दै आएका पहाडी मूल, मारवाडी र बङ्गाली समुदायका महिलाले समेत श्रद्धापूर्वक छठ मनाउने परम्परा बढ्दै गएको उहाँले बताउनुभयो ।

तराईमा सीमित रहेको छठ व्रत विस्तारै हेटौँडा र नारायणगढ हुँदै सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा फैलिएको वडा सदस्य यादव बताउनुभयो । उहाँका अनुसार विशेषगरी, महिलाले बस्ने यस व्रतमा कुनै कारणले घरका महिला असमर्थ भए परिवारका पुरुष सदस्यले व्रत बसेर भए पनि परम्परालाई निरन्तरता दिने मान्यता छ ।

छठ पर्वका लागि आवश्यक पूजासामग्रीमा माटोका भाँडा (ढकनी), हात्ती, दियो, बाँसका सामग्री (दौरी, सुपुली, छैँटी), उखु, नरिवल, आलसको तेल, फलफूल, चिनीबाट बनाइएको विशेष प्रकारको मिठाई बतासा, पहेँलो धोतीलगायत पर्दछन् ।

रोजगारीका लागि बाहिरिएकाहरू गाउँ फर्किए

जीविकोपार्जनका लागि राजधानी काठमाडौँलगायत नेपालका विभिन्न स्थान तथा भारतको दिल्ली, मुम्बई र लुधियानालगायत सहरमा रोजगारीका लागि गएका बाराका युवा छठ पर्व मनाउन घर फर्किएका छन् ।

गाउँबाहिर बस्दै आएकाहरू घर फर्किएपछि गाउँमा युवाको चहलपहल बढेको स्थानीयले बताएका छन् । छठघाटमा छठीमाताका गीत घन्किन थालेका छन् भने यहाँका घाटहरू दुलहीझैँ सिँगारिएका छन् । धेरै स्थानमा छठघाट सजाउने काम अझै जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।

  • काठमाडौँ
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

  • Post Thumbnail

    कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

  • Post Thumbnail

    छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

  • आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

    आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution