Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीको ग्रामीण परिवेशमा आधारित चलचित्र ‘सारथी’

म्याग्दीको ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सारथी’ तयार भएको छ । आगामी मंसिर ११ गते देशभरका सिनेमाघरहरुमा एकैसाथ प्रर्दशन हुन लागेको ‘सारथी’को म्याग्दीको सबैभन्दा बिकट र दुर्गम मानिने गुर्जामा पहिलो पटक छायांकन गरिएको सिनेमा हो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (१ घण्टा अघि)
म्याग्दीको ग्रामीण परिवेशमा आधारित चलचित्र ‘सारथी’

म्याग्दी, २७ कात्तिक : म्याग्दीको ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सारथी’ तयार भएको छ । आगामी मंसिर ११ गते देशभरका सिनेमाघरहरुमा एकैसाथ प्रर्दशन हुन लागेको ‘सारथी’को म्याग्दीको सबैभन्दा बिकट र दुर्गम मानिने गुर्जामा पहिलो पटक छायांकन गरिएको सिनेमा हो । सिनेमाका निर्देशक कुमार गजुरेलले प्रर्दशन मिति नजिकिएसँगै ‘पोष्टर’, ‘टे«लर’, शीर्ष गीत सार्वजनिकसँगै प्रचारप्रसार तीब्र बनाएको जानकारी दिनुभयो ।

“चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई समेटेको छ,” उहाँले भन्नुभयो “गुर्जाको प्राकृतिक, सांस्कृतिक र जैविक सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गराउनु पनि छायांकनका लागि गुर्जा रोज्नुको एउटा कारण हो ।”

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे ‘प्रोडक्सन’को निर्माण तथा धिरज ‘इन्फिनिटी फिल्म्स’को सहकार्यमा तयार भएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी चलचित्रका निर्माता हुन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुनुहुन्छ ।

संकल्प भुजेलले छायांकन गर्नुभएको चलचित्र सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको हो । राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक हुनुहुन्छ । चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ ।

गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ भने गीत प्रशान्त शिवाकोटीले लेख्नुभएको छ । नृत्य निर्देशन कविराज गहतराज, कला निर्देशन श्याम कार्की र ‘ड्रेस कोअर्डिनेसन’ गोविन्द खड्काले गर्नुभएको छ । सारथीको ‘मयाली’ बोलको शिर्ष गित सामाजिक सञ्जाल ‘युट्युव’मा सार्वजनिक भएको आठ दिनको अवधीमा तेईस लाख आठ हजार पटक हेरिएको छ ।

उक्त गितमा अभिनय गरेर ‘टिकटक’ र ‘फेसबुक रिल्स’ बनाइरहेका छन् । चलचित्र ‘आरआर फिल्म्स’ले वितरण गर्ने कार्यकारी निर्माता बेकबहादुर विश्वकर्माले बताउनुभयो । प्राकृतिक, सांस्कृतिक र जैविक सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गराउनका लागि चलचित्र छायांकनका लागि गुर्जालाई रोजिएको उहाँले बताउनुभयो ।

गुर्जा र चुरेन हिमालको फेदीमा रहेको अल्पसंख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास रहेको गुर्जामा पहिलो पटक चलचित्र छायांकन भएको धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । चलचित्रको माध्यमबाट गुर्जाको प्रचारप्रसार भई पर्यटक आकर्षिक गराउन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सारथी मार्फत कलाकार उत्तम प्रधान र निरुता सिंह को जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लाग्नुभएको छ । मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ । गिरी विक र गायत्रीले सारथीबाट चलचित्र अभिनयमा डेब्यु गर्नुभएको हो ।

ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्रमा अभिनयको अवसर पाउँदा उत्साही भएको कलाकार गिरी विश्वकर्माले बताउनुभयो । हाल पोखरामा बस्दै आएका गिरीको जन्मथलो पनि गुर्जा हो । –––

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    छठ व्रत आजदेखि सुरु

  • काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

    काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

  • पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

    पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

  • Post Thumbnail

    थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

    Post Thumbnail

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    Post Thumbnail

    जलवायु वित्त तीन गुणा बढाउन अतिकम विकसित राष्ट्रको माग

    Post Thumbnail

    राष्ट्रिय खेलकुद : कोशी प्रदेशस्तरीय महिला क्रिकेट छनोट सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution