Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २६ कात्तिकः नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ ।

पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताउनुभयो । प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ । त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ । अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ ।

“सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न सकिएको छैन”, इन्जिनियर सुवेदीले भन्नुभयो, “पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुनेछ ।”

आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ । विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ । भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ ।

त्यस्तै, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ । त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । भरतपुरका एक हजार २०० घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ ।

अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ ।

सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो । एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो ।

  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

    ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

  • Post Thumbnail

    भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

  • बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

    बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

  • Post Thumbnail

    बटेश्वरका १२७ राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

    बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

    Post Thumbnail

    भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

    चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

    चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

    Post Thumbnail

    पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution