Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (४९ मिनेट अघि)
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

सुनसरी, २६ कात्तिकः छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ ।

इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आउनुभएको हो ।

“पहिले बुबाआमाले गर्दै आउनुभएको पेसालाई अहिले हामीले निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “गाउँबाट प्रतिघान रु दुई सय ५० मा बाँस खरिद गरी चोया निकालेर सामग्री बनाउने गरेका छौँ । एउटा सामान्य सामग्री तयार पार्न करिब दुई घण्टा लाग्छ ।”

उहाँले उत्पादन गरेका सामग्रीको मूल्य रु ५० देखि ५०० सम्म पर्ने गरेको छ । पूजाआजामा सीमित समय प्रयोग हुने भएकाले महँगा सामग्रीको बिक्री कम हुने उहाँको भनाइ छ । उहाँले स्थानीय हटिया बजारमा सामग्री बिक्री गर्दै आउनुभएको छ ।

विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियालगायत सामग्रीको प्रयोग बढी हुने भएकाले विवाहको मौसममा माग बढ्ने गरेको उहाँले बताउनुभयो । तिहार र छठ पर्वमा पूजाका लागि पनि यस्ता सामग्रीको प्रयोग हुने भएकाले बिक्री बढ्ने गरेको छ ।

केही ग्राहक घरमै आएर सामग्री खरिद गर्ने भए पनि उहाँ आफैँ इनरुवाको सोमबारे र बिहीबारे हटियामा लगेर बिक्री गर्नुहुन्छ । “अरू कुनै पेसा व्यवसाय छैन । वर्षभरि यही काम गर्छौँ । आम्दानीको हिसाब राख्ने गरेका छैनौँ, तर परिवारको जीविकोपार्जनको मुख्य आधार यही पेसा हो”, उहाँले भन्नुभयो ।

यसैगरी, इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राईले पनि बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आउनुभएको छ । पुख्र्यौली सीपलाई व्यावसायिक रूपमा अघि बढाउनुभएका उहाँले करिब दुई दशकदेखि नाङ्लो उत्पादन गरी बिक्री गर्दै आउनुभएको हो ।

“यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर मेहनतका साथ काम गर्न सकियो भने आम्दानी पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “नाङ्लो बिक्रीबाट वार्षिक करिब रु सातदेखि आठ लाखसम्मको कारोबार हुन्छ । यही आम्दानीबाट घरखर्च, छोराको पढाइ र परिवारका अन्य आवश्यकता पूरा गर्दै आएका छौँ ।”

उहाँले नाङ्लो बनाउन आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्नुभएको छ । एउटा बाँसको मूल्य रु दुई सयदेखि तीन सयसम्म पर्ने र त्यसबाट १० देखि १२ वटासम्म नाङ्लो बनाउन सकिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्तामा करिब एक सयभन्दा बढी नाङ्लो तयार गर्न सकिन्छ । उत्पादित नाङ्लो व्यापारीले प्रायः हरेक हप्ता घरमै आएर खरिद गरी लैजाने गरेका छन् ।

उहाँले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत स्थानमा बिक्री हुने गरेका छन् । एउटा नाङ्लोको मूल्य रु एक सय ३० देखि दुई सय ५० सम्म पर्ने उहाँले बताउनुभयो ।

“नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट नाङ्लो ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो भोजपुरका व्यापारी आएर लैजानुहुन्छ”, उहाँले भन्नुभयो ।

दसैँ, तिहार र छठलगायत चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने भएकाले भदौ, असोज र कात्तिकमा यसको बिक्री अन्य समयको तुलनामा बढ्ने गरेको उहाँले बताउनुभयो । सुनौलो बस्तीमा राईसहित १५ भन्दा बढी घरपरिवारले व्यावसायिक रूपमा बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आएका छन् ।

यस पेसाले परिवारका सदस्यलाई घरमै बसेर काम गर्ने अवसर दिनुका साथै परम्परागत सीपको संरक्षणमा समेत सहयोग पुर्‍याएको उहाँको भनाइ छ । “अरूकोमा मजदुरी गर्नुभन्दा घरमै बसेर पुख्र्यौली सीपलाई निरन्तरता दिँदै कमाउनु फाइदाजनक छ । मेहनत गर्नुपर्छ, आम्दानी राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “नाङ्लो बुनेर आएको आम्दानीबाट सानो घर बनाएको छु । छोराछोरीको पढाइ खर्च पनि यही पेसाबाट जुटाएको छु ।”

ग्राहकको मागअनुसार विभिन्न आकार र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने भए पनि बजारमा माग रहेअनुसार मूल्य भने बढ्न नसकेको उहाँले बताउनुभयो ।

  • भोजपुर
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

  • विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

    विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

  • जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी

    जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी

  • Post Thumbnail

    पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

    बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

    बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

    बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

    Post Thumbnail

    भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

    चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

    चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution