
झापा, २५ कात्तिकः चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ ।
निम्न वर्गीय उपभोक्तालाई राहत पु¥याउन उक्त शुल्क कम गरिएको हो ।
मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक रु १७५ मात्र तिर्नु पर्नेछ । यसअघि ती उपभोक्ताले मासिक रु २०० महसुल भुक्तानी गर्दै आएका थिए ।
शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताउनुभयो ।
उहाँका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल रु ३० तिर्नुपर्नेछ । यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले रु ३२ तिर्दै आएका थिए ।
मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको रु ४२ तिर्दै आएकोमा अब रु ४० मात्र तिर्नुपर्ने भएको छ । यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक रु ६५ तिर्नु परिरहेकोमा अब रु ६० तिर्दा हुने भएको छ ।
साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिनुभयो । संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |