Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (३२ मिनेट अघि)
Post Thumbnail

अन्ताल्या (टर्किए), २५ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ ।

यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा पक्ष राष्ट्रका प्रतिनिधिसँगै नेपालले आफ्नो उपस्थिति सशक्त रुपमा जनाइरहेको छ । नेपालका तर्फबाट सम्मेलनको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिहनुभएको छ ।

यसै सन्दर्भमा कोप–३१ मा नेपालको सहभागिता र उच्चस्तरीय कूटनीतिक सक्रियता, पर्वतीय एजेन्डालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्ने प्रयास, जलवायु वित्तमा नेपालको पहुँच, जलवायु न्याय तथा नेपालको अन्तरराष्ट्रिय सम्बन्धका प्राथमिकताबारे राससका समाचारदाता भीष्मराज ओझाले सम्मेलनस्थलमा उहाँसँग सोधपुछ गर्नुभएको कुराकानीका अंश ः

प्रश्नः कोप–३१ मा नेपालको उपस्थिति कस्तो छ ? सम्मेलनका विभिन्न छलफल, वार्ता तथा कार्यक्रममा नेपालको सहभागिता र अहिलेसम्मको प्रगतिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

उत्तरः संयुक्त राष्ट्रसङ्घको प्रक्रिया सर्वसम्मतिमा आधारित हुन्छ । प्रत्येक राष्ट्रका आ–आफ्ना राष्ट्रिय हित तथा समूहगत स्वार्थका विषयमा छलफल हुन्छ । त्यसैले स्वाभाविक रूपमा लामो, जटिल र समय लाग्ने खालका हुन्छन् । वास्तविकतालाई स्वीकार गर्दै नेपालले पछिल्लो समय उठाएका मुद्दामा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ ।

आगामी झन्डै दुई साताको छलफलमा नेपालले हिमालसँग सम्बन्धित मुद्दा, १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमासँग सम्बन्धित पर्वतीय अनुसन्धानको आवश्यकता, जलवायु वित्तको व्यवस्था तथा समर्पित पर्वतीय संवादका विषयमा कुनै न कुनै निर्णयमा पुग्न सकियो भने विगतका वर्षको तुलनामा त्यसलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्छ ।

प्रश्नः नेपालले लामो समयदेखि जलवायु न्यायको मुद्दा उठाउँदै आएको छ, जलवायु वित्तको उपलब्धता र परिचालनलाई प्रभावकारी बनाउन अहिले के–कस्ता पहल भइरहेका छन् ?

उत्तरः जलवायु वित्तका सम्बन्धमा मुख्यतः तीनवटा समस्या छन् । पहिलो, अन्तरराष्ट्रिय समुदायले व्यक्त गरेको प्रतिबद्धता अनुसार पर्याप्त वित्तीय स्रोत प्राप्त हुन सकेको छैन । दोस्रो, प्रतिबद्धता गरिएको रकम नै जलवायु सङ्कटको बढ्दो आवश्यकताका तुलनामा पर्याप्त छैन । त्यसैले नेपाललगायत अतिकम विकसित राष्ट्रले जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् । तेस्रो समस्या जलवायु वित्त परिचालनको प्रक्रिया हो । यो प्रक्रिया निकै लामो, जटिल र झन्झटिलो छ । साना तथा विकासशील देशसँग परियोजना प्रस्ताव तयार पार्न आवश्यक पर्ने प्राविधिक क्षमता पनि पर्याप्त नहुन सक्छ । त्यसैले जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ ।

नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशमा बारम्बार विपद् आइरहने भएकाले अनुकूलन र न्यूनीकरणका लागि आवश्यक स्रोत सुनिश्चित हुनुपर्छ । प्रत्येक पटक परियोजना प्रस्ताव तयार पारेर मात्र वित्त प्राप्त गर्ने अवस्था हुनुहुँदैन । जलवायु वित्त अनुदानमा आधारित हुनुपर्छ । ऋणको मात्रा घटाउनुपर्छ । अनुकूलन तथा न्यूनीकरणका लागि उपलब्ध हुने वित्तीय स्रोत अनुमानयोग्य हुनुपर्छ ।

प्रश्नः अन्तरराष्ट्रिय सम्मेलनबाट प्राप्त उपलब्धि र प्रतिबद्धतालाई कार्यान्वयन गर्ने क्रममा नेपालमा कतिपय अवस्थामा सहयोग उपयोग हुन नसकी फिर्ता गएको भन्ने पनि छ । जलवायु वित्त परिचालनका लागि आवश्यक नीति, कानुन र प्रक्रियागत सुधारमा सरकारले कत्तिको ध्यान दिएको छ ?

उत्तरः पछिल्लो समय सरकारले कानुन, नियमावली तथा निर्देशिकामा सुधार गर्दै आएको छ । विशेषगरी मन्त्रालय तथा सरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्छ । नेपालमा मन्त्रालयबीचको समन्वय मात्र होइन, तीन तहका सरकारबीच सहकार्य आवश्यक छ । त्यसैले अन्तरनिकाय सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ ।

प्रश्नः हालैको भोटेकोशी विनाशकारी विपद्पछि नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको छ । पुनर्निर्माणका लागि आवश्यक स्रोत र अन्तरराष्ट्रिय जलवायु वित्तको उपलब्धतालाई कसरी हेर्नुभएको छ ?

उत्तरः तपाईंलाई थाहै छ, यस विपद््मा एक हजार ४६० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पाँच हजार जना अझै बेपत्ता छन् । दशौँ हजार मानिस प्रभावित छन् । सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । अहिले नेपाल पुनःस्थापनाको चरणमा छ । विपद्पछिको आवश्यकता मूल्याङ्कन हुदैछ । प्रारम्भिक प्रतिवेदनअनुसार पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ ।

सरकार तत्काल उद्धारको चरण पार गरेर राहत तथा पुनःस्थापनाको काममा लागेका छ । प्रभावितका लागि अस्थायी आवासको व्यवस्था गर्ने, सडक तथा पुल पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ । सुरक्षित पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्छ । आपत्कालीन सहयोग उपलब्ध गराउन पर्याप्त रूपमा सक्षम नरहेको महसुस गरेका छौँ । हानी तथा नोक्सानी कोषले सहयोग गर्ने प्रारम्भिक निर्णय गरेको छ । त्यसैले प्रभावित समुदायको पुनःस्थापना, जलविद्युत् आयोजना, सडक तथा पुलको पुनर्निर्माणका लागि थप अन्तराष्ट्रिय सहयोग आवश्यक छ ।

प्रश्नः पर्वतीय समुदायले जलवायु परिवर्तनका कारण भोगिरहेको सङ्कटलाई अन्तरराष्ट्रिय जलवायु वार्तामा स्थापित गर्न नेपालले के पहल गरिरहेको छ ?

उत्तरः कोप प्रक्रियामा साना टापु राष्ट्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेको अस्तित्वको सङ्कटलाई उचित रूपमा मान्यता दिइँदै आएको छ । समुद्री सतह बढ्दा ती राष्ट्रको अस्तित्वमै खतरा उत्पन्न भइरहेको छ । तर पर्वतीय समुदाय पनि यस्तै अस्तित्वको सङ्कटमा छन् । अगस्ट २६ मा भएको विपद्ले पनि यो वास्तविकतालाई स्पष्ट पारेको छ ।

नेपाल र भुटानले पर्वतीय एजेन्डालाई कोपको औपचारिक कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेका छन् । पछि किर्गिजस्तान पनि यस विषयमा जोडियो । वार्ताका क्रममा तीनवटै देश एकै ठाउँमा आएर पर्वतीय एजेन्डालाई अगाडि बढाउने प्रयास गरेका छन् ।

यसपटक नयाँ कार्यसूचीका रूपमा उक्त प्रस्ताव पूर्ण रूपमा समावेश हुन सकेको छैन । कोपको आयोजक तथा वार्ता प्रक्रियाको अध्यक्षताले आगामी दुई सातासम्म हामीसँग सहकार्य गर्ने आश्वासन दिएका छन् । औपचारिक कार्यसूचीमा समावेश नभए पनि हामीले उठाएका मूल मुद्दालाई मान्यता दिने र कोपका अन्तिम निर्णयमा समेट्ने विषयमा छलफल भइरहेको छ ।

पर्वतीय क्षेत्रको वास्तविक अवस्था बुझ्न विस्तृत अध्ययन तथा अनुसन्धान गर्नु हो । विशेषगरी माथिल्लो हिमाली क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ तथा हिमनदी पग्लिने र बरफ पग्लिँदै जाँदा त्यसले पार्ने प्रभावबारे पर्याप्त जानकारी आवश्यक छ । यसले अनुकूलन तथा न्यूनीकरणका प्रभावकारी नीति निर्माण गर्न सहयोग पु¥याउँछ । त्यसैगरी पर्वतीय क्षेत्र तथा त्यहाँका समुदायका लागि छुट्टै कार्यकार्यक्रम र समर्पित वित्तीय स्रोतको व्यवस्था हुनुपर्छ ।

प्रश्नः पर्वतीय एजेन्डालाई कोपको अन्तिम निर्णयमा समावेश गराउने सम्भावनालाई कसरी हेर्नुभएको छ ?

उत्तरः आगामी दुई साताको छलफलमा पर्वतीय मुद्दा, हिमाली क्षेत्रमा भइरहेको परिवर्तनसम्बन्धी अनुसन्धान, जलवायु वित्तको प्रभावकारी व्यवस्था तथा समर्पित पर्वतीय संवादका विषयमा कुनै न कुनै निर्णयमा पुग्न सकियो भने त्यो हाम्रा लागि महत्वपूर्ण उपलब्धि हुनेछ । नेपालका तर्फबाट पर्वतीय एजेन्डालाई निरन्तर जीवित राख्नेछौँ ।

प्रश्नः अन्त्यमा, कोप–३१ मा नेपालको सहभागिता र यहाँ भइरहेका वार्ताबारे केही थप भन्न चाहनुहुन्छ ?

उत्तरः कोपको प्रक्रिया बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनुहोला । कुनै विषयमा तत्काल सहमति हुन सकेन भन्दैमा केही पनि भएन वा सम्मेलनबाट कुनै उपलब्धि हासिल भएन भन्ने ढङ्गले समाचार सम्प्रेषण हुनुहुँदैन । कोपको प्रक्रिया, वार्ताको वास्तविकता, तथ्य र त्यससँग जोडिएका परिवेशलाई बुझेर समाचार सम्प्रेषण गर्न आवश्यक छ । नेपालले उठाएका मुद्दा स्थापित गर्न भइरहेका प्रयास, त्यसका चुनौती र प्राप्त सकारात्मक सङ्केतलाई समेत समेटेर समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मी साथीहरूलाई आग्रह गर्दछु ।

  • अन्ताल्या
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • हराउँदै रानाथारुका परम्परागत घर

    हराउँदै रानाथारुका परम्परागत घर

  • Post Thumbnail

    अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

  • Post Thumbnail

    बेनी खानेपानीको पाइप लाइन मर्मत

  • Post Thumbnail

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घट्यो खानेपानी महसुल शुल्क

    Post Thumbnail

    जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

    Post Thumbnail

    मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

    हराउँदै रानाथारुका परम्परागत घर

    हराउँदै रानाथारुका परम्परागत घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution