Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३÷८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २५ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३÷८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन् । यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य फर्म दर्ता भएका हुन् ।

एकीकृत सेवा कार्यालय कावासोती कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार जिल्लामा उद्योगतर्फ ९२ वटा नयाँ उद्योग दर्ता हुँदा ६२ वटा उद्योगको लगत कट्टा (बन्द) गरिएको छ । त्यस्तै यस अवधिमा जिल्लामा ४९७ वटा उद्योगहरू नवीकरण गरिएका उहाँले जानकारी दिनुभयो । कात्तिक १३ गतेसम्म जिल्लामा ४४ उद्योगले संशोधन (उद्योगको पुरानो दर्ताको नाम तथा पुँजीसहितका विवरण परिवर्तन) गरेका छन् ।

त्यसैगरी, जिल्लामा साढे तीन महिनाको अवधिमा ११२ वटा नयाँ वाणिज्य फर्म थपिँदा १११ वटा फर्मले लगत कट्टा गरेका सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । यस अवधिमा जिल्लामा ६५० वटा वाणिज्य फर्महरू नवीकरण गरिएका छन् । साठीवटा वाणिज्य फर्मले संशोधन गरेका छन् ।

उद्योगतर्फ असोजमा ३३, भदौमा २९, साउनमा २३ तथा कात्तिकमा सातवटा नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै वाणिज्य फर्मतर्फ साउन र भदौमा समान ३८, असोजमा २६ तथा कात्तिकमा १० वटा नयाँ वाणिज्य फर्म दर्ता भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग रहेका भन्दै सूचना अधिकारी भुसालले साना उद्योग सबैभन्दा बढी पाँच हजार ८८६ वटा रहेका जानकारी दिनुभयो । त्यस्तै, घरेलु उद्योग ८९९, लघु उद्योग १३ तथा मझौला उद्योग एउटा रहेको उहाँको भनाइ छ । जसमध्ये सातवटा पब्लिक लिमिटेड, १९७ वटा साझेदारी उद्योग, ३२१ वटा प्रालि कम्पनी एवं छ हजार २७३ वटा निजी फर्म रहेका छन् ।

जिल्लामा कृषि तथा वन पैदावारमा आधारित उद्योगको सङ्ख्या दुई हजार ९४०, दुई हजार ६०० वटा सेवामूलक उद्योग, एक हजार २९ वटा उत्पादनमूलक उद्योग, १२४ वटा ऊर्जामूलक उद्योग, ३७ वटा निर्माण उद्योग, २४ वटा सूचना तथा प्रविधिमा आधारित उद्योग, १६ वटा पर्यटन उद्योग एवं आठवटा खनिज उद्योग रहेका सूचना अधिकारी भुसालले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म आठ ६१३ वटा वाणिज्य फर्महरू कायम रहेका छन् । यसमध्ये आठ हजार ५२३ वटा एकलौटी वाणिज्य फर्म तथा ९० वटा साझेदारी फर्म रहेका छन् । जिल्लामा कायम रहेका वाणिज्य फर्ममध्ये आयातनिर्यात व्यापारसम्बन्धी उद्देश्य बोकेका एक–एकवटा रहेका छन् । आठ हजार ६११ वटा वाणिज्य फर्मको उद्देश्य स्थानीय व्यापार रहेको छ । त्यस्तै १८१ वटा फर्मले थोक व्यापार र आठ हजार ४३२ वटा फर्मले खुद्रा कारोबार गर्नेगरी दर्ता भएका सूचना अधिकारी भुसालले बताउनुभयो ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रसुवाको ‘नागथली’ पर्यटकका लागि आर्कषक केन्द्र

    रसुवाको ‘नागथली’ पर्यटकका लागि आर्कषक केन्द्र

  • सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छः उपराष्ट्रपति यादव

    सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छः उपराष्ट्रपति यादव

  • Post Thumbnail

    फेरिँदै देउसीभैलो खेल्ने शैली

  • Post Thumbnail

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

    हराउँदै रानाथारुका परम्परागत घर

    हराउँदै रानाथारुका परम्परागत घर

    राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

    राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

    Post Thumbnail

    मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution