Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ख्वप

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (२ घण्टा अघि)
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापुजा (भाइटीका) मनाइएको हो ।

किजा पूजा विशेषगरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै पूजा गर्ने पर्व हो । यसलाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ । म्हः पूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगी विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ । किजा पूजाका दिन दिदीबहिनीले पहिले भुइँमा रातो माटो वा लिपन गरी चामलको पीठोबाट मण्डल बनाउँछन् । उक्त मण्डलमा दाजुभाइलाई राखेर पूजा गर्ने परम्परा छ । पूजा गर्दा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने तथा विभिन्न पूजासामग्री चढाउने गरिन्छ ।

यस पर्वमा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो, फलफूल तथा विभिन्न परिकारको विशेष महत्व हुन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश भएको पाँच प्रकारको सगुन दिने चलन छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिई मखमली फूलको माला र प्रसाद प्रदान गर्छन् । त्यसको बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने परम्परा छ ।

भक्तपुरकी सुनिता सुवालले किजा पूजाको खास अर्थ भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई पूजा गर्नु भए पनि भक्तपुरमा बहिनीले दाइलाई समेत पूजा गर्ने परम्परा रहेको बताउनुभयो । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर पूजा गर्ने चलन रहेकाले दाजुभाइका छोरानातिलाई समेत दिदीबहिनी तथा फुपूहरूले पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । भक्तपुरमा ज्येष्ठताको आधारमा महिलाले पुरुषलाई पूजा गर्ने चलन रहेको उहाँको भनाइ छ ।

इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजा पूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखेर पूजा गर्नुभएको थियो । मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन छ । यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै किजा पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालासँगको छलफलपछि यस वर्षको तिथिमिति निर्धारण गरिएको थियो ।

  • ख्वप
  • बारा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

  • वनमन्त्री चौधरी टर्किए प्रस्थान

    वनमन्त्री चौधरी टर्किए प्रस्थान

  • कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

    कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

  • Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष

    Post Thumbnail

    तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्दो

    Post Thumbnail

    पोखरामा बुधबार भाइटिका महोत्सव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution