
वीरगञ्ज (पर्सा), २४ कात्तिकः यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ ।
जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो ।
जिल्ला पहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनको निगरानी र नियन्त्रण संयन्त्र कार्यलाई सक्रिय बनाएको छ । त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ ।
प्रहरीले यसअघि पनि चाड पर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटक–पटक अनुरोध गरेको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |