Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (४५ मिनेट अघि)
Post Thumbnail

बागलुङ, २४ कात्तिकः प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ ।

ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ ।

नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ । असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेकोे छ । यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।

विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताउनुभयो ।

विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।

कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उहाँले बताउनुभयो ।

ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।

ढोरपाटन क्षेत्रमा प्रत्येक बर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व सङ्कलन भयो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ ।

पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन् । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

  • काठमाडौँ
  • चितवन
  • बागलुङ
  • म्याग्दी
  • रुकुम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

    आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

  • मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

    मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

  • आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

    आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

  • Post Thumbnail

    पुष्प व्यवसायमा आकर्षित हुँदै युवा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्धारा साख्वाःको सालिकमा माल्र्यापण व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गरौँ स् सभामुख अर्याल

    Post Thumbnail

    अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

    आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

    आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

    Post Thumbnail

    ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution