Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

गण्डकी, २३ कात्तिकः भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ ।

पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित उक्त ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गर्नुभएको थियो । ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताउनुभयो ।

“भारतीय गोर्खा सैनिकका ३४ वटा बटालियनको इतिहास, वीरता र योगदानलाई झल्काउने गरी ग्यालरी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “ग्यालरीले गोर्खा सैनिकको इतिहास बुझ्न नयाँ पुस्तालाई सघाउने छ, पर्यटकीय हिसाबले पनि यसको महत्त्व बढ्ने हाम्रो विश्वास छ ।”

इतिहासको संरक्षण गर्नु आफूहरूको दायित्व सम्झदैँ पोखरामा रहेका सम्पूर्ण भारतीय भूतपूर्व सैनकको पहल र सक्रियतामा ग्यालरी स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ । प्रथम विश्वयुद्धदेखि हालसम्म विभिन्न सैनिक अभियानमा गोर्खा सैनिकहरूले प्रदर्शन गरेको वीरता र बलिदानको इतिहासलाई ग्यालरीमा संरक्षित गरिएको उहाँले बताउनुभयो ।

गोर्खाली सैनिकहरूले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पुर्याएको योगदान नेपालको मात्र नभई अन्तरराष्ट्रिय पहिचान र गौरवसँगसमेत जोडिएको अध्यक्ष खत्रीको भनाइ छ । भारतीय भूतपूर्व सैनिकहरूको त्याग र पुर्खाहरूको वीरतालाई स्मरण गर्दै गोर्खाली पहिचानलाई संरक्षण, सम्मान र विश्वसामु चिनाउने प्रयासका रूपमा यस ग्यालरीलाई लिइएको छ ।

  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

  • छ सयभन्दा बढी गाईको सामूहिक पूजा

    छ सयभन्दा बढी गाईको सामूहिक पूजा

  • Post Thumbnail

    चरीचरनका लागि नवलपुरका मौरी पश्चिम नेपालतर्फ

  • स्याफ्रुबेँसीमा आवतजावत सहज

    स्याफ्रुबेँसीमा आवतजावत सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

    छ सयभन्दा बढी गाईको सामूहिक पूजा

    छ सयभन्दा बढी गाईको सामूहिक पूजा

    Post Thumbnail

    जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

    Post Thumbnail

    कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution