
कर्णाली, २३ कात्तिकः प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु १२ लाख ३२ हजार ८४५ बरामद गरिएको छ । यस्तै, भारतीय मुद्रा १३ हजार १२५ बरामद भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आइतबार राति वीरेन्द्रनगरका विभिन्न स्थानमा छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगराठीका अनुसार जुवा नियन्त्रण अभियानमा प्रहरीको प्रदेश तथा जिल्ला तहको संयोजनमा जुवाको खालबाट जुवाडेलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउपर्नेमा वीरेन्द्रनगरका स्थानीय, अछाम, बर्दिया, जुम्ला, दैलेख र कैलाली तथा भारतको विहारस्थित मोतिहारी जिल्लाका दुई जना रहेका छन् । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |