Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २३ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।

पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि रही आएको छ । हाम्रो समाजमा गाईलाई माताका रुपमा पूजिन्छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गर्ने परम्परा सुरु भएको हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।

गाईलाई राष्ट्रिय जनावरका रुपमा सम्मान गरिन्छ । क्रस गरिएका जर्सी गाईका दुधमा भने त्यस्तो गुण नहुने वैज्ञानिक अध्ययनले पुष्टि गरेको गोव्रती योगी सोमराजले जानकारी दिनुभयो ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

    सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

  • Post Thumbnail

    आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

  • पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

  • घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

    घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

    Post Thumbnail

    गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

    रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution