Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताउनुभएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (४९ मिनेट अघि)
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

काठमाडौँ, २३ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आज रैथाने मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले रैथाने बालीको प्रवर्द्धनमा सरकारले अझ ध्यान दिनुपर्ने बताउनुभएको हो ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले किसानलाई उत्पादनसँगै त्यसको प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभामुख अर्यालले यस्ता मेला काठमाडौँमा मात्र सीमित नगरी देशका ठूला सहर तथा बजारहरूमा विस्तार गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

नियमित रुपमा मेला आयोजना गर्दा किसानले आफ्ना उत्पादन उपभोक्तासमक्ष पुर्याउने अवसर पाउनुका साथै नागरिकले देशका विभिन्न क्षेत्रका रैथाने उत्पादनबारे जानकारी पाउने उहाँको भनाइ थियो ।

सभामुख अर्यालले काठमाडौँ उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि दुर्गम तथा बाहिरी जिल्लाका उत्पादनको प्रदर्शनीले नयाँ बजार र उपभोक्तासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा समेत प्लास्टिकका झोला प्रयोगमा ल्याइएकाले अबदेखि त्यसो नगर्न र सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्न सुझाव दिनुभयो ।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित शनिबारदेखि यहाँ सुरु भएको तीनदिने मेला आज समापन भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

  • दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

    दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

  • त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

  • Post Thumbnail

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

    Post Thumbnail

    गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

    रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

    रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution