Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको हो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, २३ कात्तिकः कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको हो ।

गाउँपालिकाले नेपाल सरकारको कम्पनी कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका तर गाउँपालिकाको कार्यालयमा सूचीकृत नभएका जलविद्युत् कम्पनीलाई आवश्यक कागजातसहित पालिकामा सूचीकृत हुनका लागि आह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले गाउँ कार्यपालिकाको यही कात्तिक १८ गतेकोे निर्णयअनुसार सबै जलविद्युत् कम्पनीलाई नियमानुसार सूचीकृत हुन सूचना जारी गरिएको बताउनुभयो । “मादी गाउँपालिका जलविद्युत् उत्पादनको महत्त्वपूर्ण क्षेत्र हो । गाउँपालिकाभित्र करिब १० वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । थप आयोजनाले उत्पादन अनुमति लिएका तथा केही प्रस्तावित अवस्थामा छन् । तर प्रवर्द्धक कम्पनी पालिकामा सूचीकृत नभएकाले यो पहल सुरु गरेका हौैँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

मादीको प्राकृतिक जलस्रोत उपयोग गरेर विद्युत् उत्पादन भइरहे पनि त्यसबाट स्थानीय बासिन्दाले पाउनुपर्ने लाभ, आयोजनाको सामाजिक उत्तरदायित्व र स्थानीय पूर्वाधार विकासमा कम्पनीले गर्नुपर्ने योगदानबारे पटकपटक प्रश्न उठ्दै आएपछि पालिकाले सूचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।

जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका क्रममा स्थानीय सडक, खानेपानी, खेतीयोग्य जमिन, वनजङ्गल, वातावरण र जनजीवनमा परेको प्रभावको उचित सम्बोधन हुनुपर्ने विषय स्थानीय र जनप्रतिनिधिले उठाउँदै आएका छन् ।

जलविद्युत् आयोजनाले स्थानीय क्षेत्रमा पारेको प्रभावसहित स्थानीय युवालाई रोजगारी तथा अवसर उपलब्ध गराउनुपर्ने र स्थानीय पूर्वाधारको संरक्षण तथा विकासमा कम्पनीको जिम्मेवारी स्पष्ट हुनुपर्ने मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा बताउनुहुन्छ ।

उहाँले जलविद्युत कम्पनीको सामाजिक उत्तरदायित्व, स्थानीयसँग भएका सम्झौता, वातावरणीय प्रभाव, रोजगारी र पूर्वाधार विकासमा पुर्याएको योगदानको पारदर्शी समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । “जलविद्युत कम्पनीलाई सूचीकृत गर्ने कार्य लगानीको वातावरण बिगार्न नभई लगानी र स्थानीय जनताको कानुनी अधिकारबीच न्यायोचित सन्तुलन कायम गर्नका लागि हो । मादीको प्राकृतिक स्रोतबाट हुने आम्दानी र त्यसको उपयोगबाट स्थानीय समुदायले न्यायोचित लाभ पाउनुपर्नेमा हाम्रो मुख्य जोड छ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो ।

गाउँपालिका जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले व्यवस्थित ऊर्जा विकासका लागि गाउँपालिका, जलविद्युत् कम्पनी र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • केराका बोट, आम्दानीको  स्रोत

    केराका बोट, आम्दानीको स्रोत

  • Post Thumbnail

    रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

  • रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

    रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

  • Post Thumbnail

    मोबाइलका सामग्री बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा

    केराका बोट, आम्दानीको  स्रोत

    केराका बोट, आम्दानीको स्रोत

    Post Thumbnail

    विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

    Post Thumbnail

    रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution