Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ आज विद्युत् निर्यात भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ कात्तिकः नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ आज विद्युत् निर्यात भएको छ ।

आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा कुल प्रणालीको पिक भार दुई हजार ४०० मेगावाट रहेको थियो । यस्तै, ५८७ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकामा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिनुभएको थियो ।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापन टोलीसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्याङ्क विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो ।

उहाँले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकामा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट एक हजार ५३६ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९ मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२ दशमलव ३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रका करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग एक हजार ७४५ मेगावाट पुगेको थियो । यस्तै, २०८१ सालमा एक हजार ६०२ मेगावाट थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै काठमाडौँ उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ । गत वर्ष ४०२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्नेगरी टोलीलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

  • Post Thumbnail

    बिजुली पसलमा भीषण आगलागी

  • Post Thumbnail

    ‘तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्’

  • Post Thumbnail

    घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    Post Thumbnail

    सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

    Post Thumbnail

    डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

    Post Thumbnail

    बिजुली पसलमा भीषण आगलागी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution