Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

म्याग्दी, २२ कात्तिक : बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन बिजयी भएको हो ।

मनसुन युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी युवा क्लब तेस्रो भएको आयोजक वौद्ध युवा क्लबका सचिव श्यामशुन्दर कँडेलले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु दुई लाख २२ हजार २२२, उपविजेताले रु एक लाख ११ हजार १११ र तेस्रोले रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन् ।

अनुशासित घोषणा भएको बरबुटा युवा क्लब खबराले रु २२ हजार २२२ प्राप्त गरेको छ । एभरग्रिनका रोशन छन्त्यालले रु सात हजार ७७७ नगदसहित उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् ।

उत्कृष्ट डिफेन्डर मतेरीका सन्दिप गुरुङ र नौ गोल गरेका पश्चिम म्याग्दीका विपुल कार्की सर्वाधिक गोलकर्ताको उपाधिसहित नगद रु सात हजार ७७७ नगद पुरस्कार प्राप्त गरेका छन् । गोलरक्षकमा एभरग्रिनका आसिस केसी, फरवार्डमा अमृत तामाङ र मिडफिल्डरमा निराजन खत्री उत्कृष्ट भए । उनीहरुले मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद रु सात हजार ७७७ का दरले पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, क्लबका अध्यक्ष दुर्गा बुढामगर, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दसैँ–तिहार पर्वको अवसरमा कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी भएका थिए ।

प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति रु ५० का दरले सङ्कलन गरिएको प्रवेश शुल्कबाट ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहत स्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको छ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

  • Post Thumbnail

    यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

  • Post Thumbnail

    यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

    सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

    गण्डीगाड पुल निर्माण अधुरै

    गण्डीगाड पुल निर्माण अधुरै

    Post Thumbnail

    राइफलको गोलीसहित एक जना पक्राउ

    Post Thumbnail

    झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution