Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अछाम

गण्डीगाड पुल निर्माण अधुरै

सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
गण्डीगाड पुल निर्माण अधुरै

अछाम, २२ कात्तिकः सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पि सि एस–ए सि जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।

मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हँुदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताउनुभयो । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उहाँको आरोप छ ।

उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग रु पाँच करोड २१ लाखमा २०८२ असार २२ गते सम्झौता भएको थियो । पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय धु्रव साउदले बताउनुभयो । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

“मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठिक छैन”, साउदले भन्नुभयो ।

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

  • अछाम
  • कैलाली
  • डोटी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

    घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

  • Post Thumbnail

    मादलको माग उच्च

  • Post Thumbnail

    पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

  • भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

    भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

    घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

    सुन्डीखोलामा पुल निर्माण

    सुन्डीखोलामा पुल निर्माण

    सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

    सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution