Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ कात्तिकः रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रोले संयुक्त रूपमा रोटरी भवन–थापाथलीमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपतिको संयुक्त आयोजनामा प्राइम सीए कलेज, नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । उपत्यकाबाहिर रोटरी क्लब अफ रुपन्देहीले बुटवलमा, रोटरी क्लब अफ कीर्तिपुरले कीर्तिपुर नगाउँ दोबाटोमा, रोटरी क्लब अफ गोँगबु र रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा तथा रोटरी क्लब अफ धरान फुटहिल्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ ।

डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका व्यक्तिको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले रक्तदानलाई सामान्य सामाजिक सहभागिताभन्दा माथि उठेर अरूको जीवन बचाउने मानवीय सेवाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ को भावनालाई व्यवहारमा उतारेको डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले बताउनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    १३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो

  • Post Thumbnail

    पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’

  • Post Thumbnail

    तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

  • Post Thumbnail

    दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    Post Thumbnail

    यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

    फूल बेचेरै तिहार खर्चको जोहो

    फूल बेचेरै तिहार खर्चको जोहो

    भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

    भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution