Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठपर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २१ कात्तिकः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठपर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तिहार, छठपर्व तथा नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारलाई मानव र अन्य जीवजन्तुबीचको सुसम्बन्धको प्रतीकका रूपमा उल्लेख गर्नुभएको छ । तिहारमा काग, कुकुर, गाईलगायत गोवर्धन पर्वतको पूजाअर्चना गरी अन्तिम दिन दिदीबहिनी तथा दाजुभाइबीच भाइटीका लगाउने परम्पराले पारिवारिक आत्मीयता र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख मियाँले उज्यालो पर्व एवं दीपावलीका रूपमा समेत चिनिने तिहारमा देउसीभैलो खेल्दै आपसी सद्भाव अभिवृद्धि हुनुका साथै मौलिक संस्कृतिको पुस्तान्तरण हुँदै आएको उल्लेख गर्नुभएको छ । नेवार समुदायले म्हः पूजा गर्ने पर्व पनि यही अवसरमा पर्ने भएकाले यसको सांस्कृतिक महत्व अझ व्यापक रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, छठपर्वले तराई तथा मधेस क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परालाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले यस पर्वमा सूर्य देवता र छठी माताको पूजाअर्चना गरिने परम्पराले प्रकृतिप्रतिको सम्मान र आस्थालाई अभिव्यक्त गर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको अन्य भूभागमा पनि छठपर्व मनाउने प्रचलनले यसको महत्त्व थप विस्तार भइरहेको सन्देशमा उल्लेख छ ।

नेपाल संवत्लाई राष्ट्रिय विभूति शङ्खधर साःख्वाद्वारा प्रवर्तन गरिएको मौलिक संवत्का रूपमा उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेका स्थानमा यसलाई नयाँ वर्षका रूपमा मनाइने परम्परा रहेको जनाउनुभएको छ । यी चाडपर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीबीच धार्मिक तथा सांस्कृतिक विविधताका बाबजुद आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उहाँले आफ्नो संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा सबैलाई प्रेरित गर्ने अपेक्षा गर्नुभएको छ ।

“यी पर्वले सबैमा राष्ट्र र राष्ट्रियताप्रतिको गहिरो प्रेम, भ्रातृत्व, दिगो शान्ति तथा सामाजिक सहिष्णुताको भावना थप सुदृढ बनाउन प्रेरणा मिलोस्”, सन्देशमा उहाँले भन्नुभएको छ, “यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु ।”

  • काठमाडौँ
  • पर्वत
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

  • Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

  • Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

  • कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

    Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

    Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution