Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर् याउन संस्कृतिविद्हरूले जोड दिएका छन् ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिकः तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहार तथा देउसीभैलोको सांस्कृतिक महत्त्वबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको अध्ययन गरी प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् ।

गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिने तिहारले सबै प्राणी र पारिवारिक सम्बन्धको महत्त्व उजागर गर्ने बताउनुभयो । यसको मौलिक पक्ष नयाँ पुस्तासम्म पुर्‍याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा डा नवराज कट्टेलले प्रकृति र सबै प्राणीप्रति सम्मानभाव राख्न सिकाउने तिहारजस्ता पर्वको सन्देश पत्रकारितामार्फत प्रवाह गर्नुपर्ने बताउनुभयो । यस्ता पर्वले सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउन पनि योगदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री एवं संस्कृतिविद् डा कान्ता भट्टराईले काग, कुकुर, गाई र गोरुको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको भन्दै तिहारको सांस्कृतिक सन्देश बुझाउनुपर्ने बताउनुभयो ।

संस्कृतिविद् प्रा डा ध्रुवप्रसाद भट्टराईले कागलाई नैतिक शिक्षा र न्यायसँग जोडेर हेर्ने परम्परा रहेको उल्लेख गर्दै तिहारका विभिन्न सांस्कृतिक पक्षको खोज तथा व्याख्या आवश्यक रहेको बताउनुभयो ।

रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्थाले दोस्रो वर्ष पनि तिहार र देउसीभैलोको सांस्कृतिक महत्त्वबारे बहस आयोजना गरेको जानकारी दिनुभयो ।

यसैबीच, धार्मिक तथा सांस्कृतिक पत्रकारिताको संस्थागत विकासका लागि पुस्तकालय तथा स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले रेक्जोनले देउसीभैलो कार्यक्रम सुरु गरेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा अलका लम्साल रेग्मीले जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

  • Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

  • Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

  • कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

    Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution