Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर २१ कात्तिक: घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर २१ कात्तिक: घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।

आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । आज बजारमा एउटा मखमली फूलको माला रु ८० मा व्यापारीले बिक्री गरिरहेका छन् । घरदैलोमा आएका व्यापारी एवं बिचौलिया गुण्डुका किसानबाट शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा खरिद गरेकोमा आजदेखि किसानको घरदैलोबाटै रु ३० देखि ३५ मा खरिद गर्न थालेका छन् ।

गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीले आजदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लैजान थालेको बताउनुभयो । आजदेखि व्यापारीले मखमली फूलको माला बजारमा रु ८० देखि रु ९० मा बिक्री गर्न थालेका छन् । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेका हुन् ।

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण-९ ताथलीका बनमालाले पनि आजदेखि रु ३० मा मखमली फूलको माला बिक्री गरेको बताउँदै तिहार आएसँगै फूलमालाको बिक्री र मूल्य बढेको बताउनुभयो ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रूपमा करोडौँको फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताउनुभयो । व्यापारी र बिचौलियानै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरबाटै फूल माला उठाउन थालेपछि किसानलाई राहत मिलेको बताउँदै व्यापारीले भने किसानबाट लगेको मूल्यभन्दा दोब्बर-तेब्बरमा बिक्री गर्ने गरेका उहाँको भनाइ छ ।

स्थानीय उर्मिला नगरकोटीले यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ ।

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाखको आम्दानी गरेको बताउदै आजदेखि सयपत्री र मखमली फूल तथा मालाको मूल्य बढेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार-पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङको रु ७०० सम्म किसानले बिक्री गरेका बताउँदै त्यही फूल बजारमा किलोको रु ४०० देखि ५०० मा बिक्री भइरहेका बस्नेत उल्लेख गर्नुभयो ।

यहाँका कृषकले वर्षमा कम्तीमा पनि एकै घरबाट रु ५०० देखि रु १० हजारसम्म मखमली फूलको माला उनेर बिक्री गरिरहेका छन् । कतिपय घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री भइरहेको स्थानीय बताउँछन् ।

मध्यपुरथिमि नगरपालिका-५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला रु ७० मा बिक्री गरेको उल्लेख गर्नुभयो । फूलको मूल्य भोलिदेखि अझै बढ्ने उहाँले बताउनुभयो ।

यस वर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो । उहाँले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्य वृद्धि भएको उल्लेख गर्नुभयो । व्यापारीले सयपत्री फूलको माला भने लम्बाईको साइजअनुसार प्रतिगोटा रु १५० देखि रु ८०० सम्ममा बिक्री गरिरहेका उहाँले बताउनुभयो ।

  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

  • Post Thumbnail

    अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

  • Post Thumbnail

    सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

    Post Thumbnail

    कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

    Post Thumbnail

    तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution