
काठमाडौँ, २१ कात्तिक: सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाउनुभएको हो ।
डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो डा केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।”
डा केसी र सरकारबीच भएको सहमतिमा डा केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |