Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० कात्तिक: शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ ।

शिक्षा विभाग, शैक्षिक सूचना व्यवस्थापन शाखाले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै सामुदायिक विद्यालयले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गर्न निर्देशन दिएको हो ।

विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गालगायत सबै किसिमका जग्गाको विवरण सङ्कलन गरिनेछ ।

विद्यालयले इमिसमा लगइन गरी जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातका विवरण भरी ल्याण्ड रिपोर्टमार्फत प्रतिवेदन लिन सक्ने विभागले जनाएको छ । विद्यालयको जग्गासम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र यसको स्वामित्वलाई सुरक्षित बनाउन यो कदम चालिएको उल्लेख गरेको छ । यसका लागि सम्बन्धित सरोकार भएका निकाय, संस्था र व्यक्तिहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्न भनिएको छ ।

विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशनसमेत दिइएको छ । यसरी आएका विवरण अध्ययन गरी सामुदायिक विद्यालयको जग्गा संरक्षणमा आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभएको छ ।

“हामीलाई कतिपय विद्यालयसँग पर्याप्त जग्गा नभएको तथा केही विद्यालयको जग्गा अन्य निकायको नाममा वा नियन्त्रणमा रहेको गुनासोसमेत प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “विवरण सङ्कलनका क्रममा कुनै विद्यालयको आफ्नै नाममा जग्गा नभएको वा अन्य निकायसँग रहेको पाइएमा आवश्यक परे मन्त्रिपरिषद्बाटै निर्णय गराएर भए पनि विद्यालयलाई जग्गाको पुर्जा नै उपलब्ध गराइनेछ ।”

  • काठमाडौँ
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    ‘लेख्छ पोखरा’ अभियान आरम्भ

  • Post Thumbnail

    लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

  • Post Thumbnail

    सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

  • त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

    त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    Post Thumbnail

    कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

    Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution