Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन, २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिनुभएको छ ।

रास्वपा चितवनले आज यहाँ आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा उहाँले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्याङ्कन गर्ने उल्लेख गर्दै उहाँले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको बताउनुभयो । समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन”, उहाँले भन्नुभयो । जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताउनुभयो । पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै उहाँले बदला लिने भावनाले काम नगर्न पनि आग्रह गर्नुभयो ।

“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन”, उहाँले भन्नुभयो, “हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन ।”

जनताले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिँदै उहाँले पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एकता कायम राख्न पनि आग्रह गर्नुभयो ।

“हामी यही माटोका मान्छे हौँ । एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ”, उहाँले भन्नुभयो । पार्टीभित्र मतभेद र अन्तरसङ्घर्ष नरहेको दाबी गर्दै सभापति लामिछानेले सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले सुझाव दिने गरेको बताउनुभयो । सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उहाँको भनाइ थियो । पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्दै उहाँले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने बताउनुभयो ।

सभापति लामिछानेले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उहाँको भनाइ थियो ।

“अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन”, उहाँले भन्नुभयो । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रणको विषय विगतमा रास्वपाले नै जोडदार रूपमा उठाएको स्मरण गराउँदै उहाँले अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने र पक्राउ गर्ने प्रवृत्ति उचित नहुने बताउनुभयो ।

  • चितवन
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै

  • राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

  • राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

  • एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘बेल्ट एण्ड रोड’ यु-१९ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपालको जित

    Post Thumbnail

    गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

    उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

    उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution