Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

काठमाडौँ, २० कात्तिक: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँका अनुसार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् । ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा स्वयं धनी पनि सचेत हुनुपर्ने बताउँदै हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले सवारीसाधन जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जिपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिनुभयो ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइ सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ । त्यसैगरी, तीन वटा चारपाङ्ग्रे सवारीसाधन र दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।

प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताउनुभयो । आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो ।

हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गराउने अभियानले नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तिहार बिदामा निगमको डिपो खुला रहने

  • Post Thumbnail

    गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

  • Post Thumbnail

    निषेधित क्षेत्रमा प्रवेश गरेपछि चार मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही

  • Post Thumbnail

    काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रवासी नेपाली मञ्चको अन्तरराष्ट्रिय कमिटीको अध्यक्षमा थापा

    Post Thumbnail

    तिहार बिदामा निगमको डिपो खुला रहने

    Post Thumbnail

    ‘बेल्ट एण्ड रोड’ यु-१९ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपालको जित

    Post Thumbnail

    गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution