Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० कात्तिकः नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

राजधानीका विभिन्न स्थानमा डलर देखाइ लुटपाट गर्ने सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट पक्राउ परेका हुन् ।

निजले डलर देखाएर लुटपाट गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । तामाङले प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको काठमाडाँैका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिन खोज्दा जाइलागेपछि चेतावनीस्वरुप प्रहरीले पेस्तोलबाट एक राउड हवाई फायर गरेको थियो । त्यति गर्दा पनि नियन्त्रणमा नआएकाले तत्कालको परिस्थितिलाई मूल्याङ्कन गरी आवश्यकताअनुसार घुँडामुनि एक राउण्ड गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । निज तामाङ राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डलर देखाइ ठगी तथा लुटपाटका घटनामा संलग्न भएको अभियोगमा निज तामाङ विगतमा पनि आठ पटक पक्राउ परेका थिए । पछिल्लो समय उनले स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाइ रकम लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ ।

तामाङले विभिन्न स्थानमा रहेका गेष्ट हाउस, रेष्टुरेन्ट, सुन तथा गरगहना पसल, हार्डवयेर, मेडिकल, डेरी, होलसेल पसललगायतको निगरानी गरी ती स्थानको सम्पर्क नम्बर लिएर पूरानो चिनजान भएको भन्दै फोन गर्ने र सञ्चालकलाई विश्वास दिलाएर लुटपाट गर्ने गरेको पाइएको छ ।

त्यस्तै सम्पर्कमा आएका व्यक्तिलाई विश्वास दिलाउन निजको समूहको अर्को व्यक्तिले ‘वाक–अशक्त’को भूमिका निर्वाह गर्ने र ठगिने व्यक्तिलाई डलर दिएर पठाउने गरेको, प्रहरीको निगरानीबाट बच्न स्थान परिवर्तन गर्दैआएको तथा सिसिटिभी नभएको क्षेत्रमा लगेर लुटपाट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथबाट ठगीमा प्रयोग गर्ने मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, डलर ठगीमा प्रयोग गर्ने २० को चार बण्डल नेपाली रुपैयाँ, डलर जस्तै आकारमा काटेर राखेको सेतो कागजको बण्डल र उक्त बण्डलको तल र माथि राखिएको पाँच–पाँचको अमेरिकी डलर, एक किलो नक्कली सुनको ढिक्का बरामद गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पछिल्लो पटक निजले गत असोज २३ गते गोकर्णेश्वर–१२ स्थित लसुनटारमा दुई जनाको साथबाट रु आठ÷आठ लाख गरी १६ लाख लुटपाट गरी फरार भएको पाइएको छ ।

गैरकानुनी डलर सहटी आपराधिक क्रियाकलाप

गैरकानुनी तबरबाट डलरलगायत विदेशी मुद्रा सटही गर्ने कार्य आपराधिक क्रियाकलाप भएको प्रहरी जनाएको छ । त्यस्तो कार्यमा संलग्न जो सुकै पनि कानुनको भागिदार हुने भन्दै प्रहरीले कम दरमा डलर साटिदिने भन्ने प्रलोभनमा नपर्न आम नागरिकमा आग्रह गरेको छ ।

  • काठमाडौँ
  • नेपाल राष्ट्र बैंक
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

  • Post Thumbnail

    ट्रक र मोटरसाइकल ठोक्किदा यादवद्वयको मृत्यु

  • भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

  • Post Thumbnail

    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निषेधित क्षेत्रमा प्रवेश गरेपछि चार मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही

    रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

    रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

    Post Thumbnail

    काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution