Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (५ घण्टा अघि)
भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा (बाँके), १९ कात्तिकः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताउनुभयो । उहाँका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए ।

“७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ”, उहाँले भन्नुभयो, “डिएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।”

आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उहाँले बताउनुभयो । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उहाँका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उहाँले सुनाउनुभयो ।

रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आउनुभएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता हुनुभएको थियो ।

बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उहाँकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ”, अनलालले भन्नुभयो, “दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।”

शव पहिचानका लागि डिएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उहाँले बताउनुभयो । उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमुना दिनुभएको थियो ।

डिएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उहाँको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उहाँले बताउनुभयो ।

“सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ”, उहाँले भन्नुभयो, “हामी डिएनए रिपोर्टको प्रतीक्षामा छौँ । सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।”

सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता हुनुभएको थियो । रोजीरोटीका लागि रसुवा पुग्नुभएका उहाँहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् ।

थपुवाका दुवै परिवारमा चाडपर्वसमेत शोकमा बितेका छन् । बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डिएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताउनुभयो ।

भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

  • बाँके
  • रसुवा
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    ट्रक र मोटरसाइकल ठोक्किदा यादवद्वयको मृत्यु

  • Post Thumbnail

    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • Post Thumbnail

    यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु

  • Post Thumbnail

    पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

    Post Thumbnail

    खानी सञ्चालनमा रोक

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution