Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

एक हजार जनाको पारिवारिक पुनर्मिलन

संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

चितवन, २० कात्तिकः संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।

मानवीय सेवा, संरक्षण, पुनःस्थापना तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील उक्त संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा तथा ४६ जनाले प्राविधिक र औपचारिक सीपमूलक तालिम लिएर रोजगारी पाएका छन् ।

हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएका, छ जना वैदेशिक रोजगारीमा गएका र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका ३३४ जना छन् । संस्थासँग सम्बन्धित चारवटा मुद्दा विचाराधीन छन् । त्यस्तै, गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन् । उनीहरू हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र अनाथ बालबालिका हुन् । आश्रितहरूको दीर्घकालीन व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ ।

संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गर्नुभएको छ भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराउनुभएको छ । त्यस्तै, ४९ जना दाताले थप तीन कठ्ठा जग्गा खरिद गर्न सहयोग गरेका छन् । उक्त जग्गामा रु सात करोड ५० लाखको लागतमा चारतले सुविधासम्पन्न आश्रम निर्माण भइरहेको छ । आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गरिने संस्थाले जनाएको छ ।

दाताको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणका लागि यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ । संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ आयोजना गर्न लागिएको हो । अध्यक्ष खरेलले आफ्नो जीवनको सम्पूर्ण समय हिंसा प्रभावित तथा अनाथको संरक्षणमा समर्पित गर्नुभएको उल्लेख गर्दै सचिव अधिकारीले सबैको साथ र सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी प्रभावितलाई सुरक्षित आश्रय प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

  • चितवन
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ढकमक्क फूलले ढाकेको धनकुटा बजार

    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

  • Post Thumbnail

    कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

  • Post Thumbnail

    अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

    Post Thumbnail

    काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

    Post Thumbnail

    कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution