Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फोहोर व्यवस्थापनमा चिन्ता !(सम्पादकीय)

प्रत्यूष १०१५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २१, शनिबार (४ साल अघि)
फोहोर व्यवस्थापनमा चिन्ता !(सम्पादकीय)

धादिङ,२१ जेठ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतैदेखी नयाँ जनप्रतिनिधिहरुले नयाँ तरिकाले काम गरुन् र जनताले दिएको मतको कदर हुने गरी काम गरुन् भन्ने आम नागरिकहरुको अपेक्षा छ, तर अहिले निर्वाचित जनप्रतिनिधिहरुले नागरिकको त्यस प्रकारको अपेक्षाहरु पुरा गर्न सक्छन् कि सक्दैनन् त्यो हाल अन्य नागरिकहरुलाई भन्दा पनि स्वयम् निर्वाचितहरुलाई चिन्ताको विषय हो ।

नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको मतको कदरकै लागि भन्दै गत निर्वाचन पछि भन्दा पनि यस पटकको निर्वाचन पछि अधिक चिन्तित भएको पाइएको छ ।

किनभने यस अघिका निर्वाचनहरुमा जनताले ल बाहेकका उम्मेद्वारलाई निर्वाचित गराएका थिएनन् यस पटक भने देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाण्डौ महानगरपालिका सहितका राष्ट्रिय महत्व राख्ने शहरहरुमा उपमहानगरपालिकाहरुमा समेत स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरुलाई विजय गराईदिएका छन् ।

यसकारण स्वतन्त्र निर्वाचित मेयरहरुलार्य जनताको पक्षमा कसरी विकासका कामहरु गर्ने भन्ने चिन्ता छ भने दलहरुबाट निर्वाचितहरुलाई पनि आगामी निर्वाचनहरुमा पनि यसैगरी स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा जनमत आउने चिन्ताका कारण विगतलाई विर्सने र आगामी दिनलाई आफु निकट राजनीतिक दलको अनुकुल कसरी बनाउने भन्ने चिन्ता छ । दलबाट निर्वाचित होस् वा स्वतन्त्र रुपमा निर्वाचित हुन्, उनीहरुलाई यस प्रकारको चिन्ता र चासो लाग्नु स्वभाविक पनि हो ।

यतिखेर धरानमा निर्वाचित स्वतन्त्र मेयरले खानेपानीको विषयलाई पहिलो नम्बरमा प्राथमिकीकरण गरेर काम सुरु गरिसकेका छन् भने काठमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्रले काठमाण्डौको फोहोर व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरु अगाडि बढाइरहेका छन् ।

काठमाण्डौ महानगरपालिका देशकै राजधानी भएका कारण यो विश्वका आम नागरिकहरुले हेर्ने, घुम्ने र वास्तविक परिवर्तनको महसुस् गर्ने केन्द्रको रुपमा पनि चिनिन्छ यसकारण पनि काठमाण्डौ शहरलाई कसले जस लिने गरी विकसित र सम्वृद्ध बनाउने हो भन्ने जस्ता विषयलाई पनि यस पटकका राजनीतिक दलहरु लागिरहेका छन् ।

धेरै वर्षदेखीको राजनीतिक वा अन्य कारण पनि केन्द्रमा परेको राजधानीलाई विकासको मुल फुटाउने कुरामा आम मानिसहरु सहमत भए पनि को बाट यसको सुरुवात होला ? त्यो भने हेर्न बाँकी नै छ । अहिले काठमाण्डौको चोक चोकमा फोहोरको डुंगुर भएको शहरको शोभा नै घटाएको छ ।

काठमाण्डौबासीले निर्वाचित गराए लगतै धादिङको बन्चरेडाँडामा निर्माण गरिएको ल्याण्डफिल क्षेत्रको स्थलगत अबलोकन गरी फर्किएका मेयर बालेन शाहले केही दिनमै काठमाण्डौमा होटल संचालक तथा अन्य सरोकारवालाहरु संग समेत छलफल गरी फोहोर व्यवस्थापन लगायतका काममा आफु नेतृत्वमा रहेको महानगरपालिकाले काम गर्ने बताएका थिए ।

प्राविधिक क्षेत्रबाट राजनीतक यात्रा सुरु गरेको शाहले आफु प्राविधिक मान्छे भएपनि सबै क्षेत्रको विकासका लागि काम गर्न लागेको बताउदै केही वर्षमा काठमाण्डौलाई सुन्दर शहरको रुपमा विकास गर्ने बताएका छन् । आफ्नो कार्यकालको पहिलो बैठकको प्रत्यक्ष प्रशारण समेत गरेका उनले गरे । उनले परम्परागत रुपमा भैरहेका केही मात्रै विषयमा हेरफेर गर्दा समेत उनी वाहि वाहि भएका छन् यो आम राजनीतिक दलहरुका कारण पनि पैदा भएका विषय हुन्।

हुनत उनी अन्यको घेराबन्दीमा पर्ने र असफल हुने सम्भावना पनि उत्तिकै छ । सफलता असफलता एउटा कुरा हो उनले राम्रो कामका लागि गरेको हिम्मतलाई भने हामी आम नागरिकहरुले सम्मान गर्नुपर्छ । बालेनले जस्तै चिन्ता सबैले गरिदिने हो भने सुन्दर काठमाण्डौ हुन कुनै धेरै दिन कुर्नु पर्दैन यसर्थ सबैले एकपटक हिम्मत गरौं, बालेनके योजनामा हातेमालो गरों र सरसफाईपूर्ण, शुन्दर सहर बनाउनतर्फ लागौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution