
काठमाडौँ, १९ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताउनुभएको छ ।
नेपाल पूर्वाधार सम्मेलनको बारेमा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा वाग्लेले विगतमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनभन्दा बिल्कुलै फरक किसिमको ब्राण्ड स्थापित गर्न आवश्यक काम गरिरहेको दाबी गर्नुभयो ।
“हामीले पूर्वाधार र लगानी क्षेत्रका नीतिगत तथा कानुनी सुधार गर्नका लागि आमूल परिवर्तनकारी पुनसंरचना गर्ने गरी काम अघि बढाइरहेका छौँ,” अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “हामीले आमूल परिवर्तनकारी संरचना निर्माण गर्ने गरी काम अघि बढाइरहेका छौँ ।”
अर्थमन्त्री डा वाग्लेले सरकारले आर्थिक, कानुनी, स्रोधसाधन, शान्ति, न्यायलगायतका क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्दै आइरहेको बताउनुभयो ।
“हामीले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर नीतिगत सुधार गरेर एकैपटक मुलुकलाई जुरुक्कै उठाउने गरी कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी क्षेत्रमा भित्र्याउने गरी आवश्यक नीतिगत र अन्य अप्ठेरालाई व्यवस्थित हुनेछ ।”


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |