Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (८ मिनेट अघि)
Post Thumbnail

सुदूरपश्चिम, १९ कात्तिकः कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ । त्यसका लागि बिमा प्रिमियममा ८० प्रतिशतसम्म सरकारले नै अनुदान दिइरहेको छ ।

सङ्घीय सरकामार्फत २०६९ माघ १ गतेदेखि यो व्यवस्था देशभर कार्यान्वयनमा आएको थियो । विगतमा कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत व्यवस्थापन गर्दै आएकामा अब भने उक्त कार्य प्रदेश सरकारबाट हुन थालेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता श्यामसिंह खड्काले जानकारी दिनुभयो ।

गत भदौ १ गतेदेखि ‘कृषि, पशुपन्छी र जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ कार्यान्वयनमा आएसँगै सम्पूर्ण व्यवस्थाकीय दायित्व प्रदेश सरकारमा आएको जानकारी दिनुभयो । प्रदेशमा पनि व्यवस्थापकीय जिम्मेवारी कृषि मन्त्रालयले निर्वाह गरिरहेको प्रवक्ता खड्काले बताउनुभयो ।

नयाँ कार्यविधिअनुसार रु एक करोडसम्मको बिमाङ्क रकममा ८० प्रतिशत र रु एक करोडभन्दा माथिको अतिरिक्त बिमाङ्क रकममा ५० प्रतिशत अनुदान उपलब्ध हुने व्यवस्था गरिएको छ । यस व्यवस्थाले खेतीपाती र पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन चाहने किसानलाई सम्भावित आर्थिक जोखिमबाट जोगिन सहयोग पुगिरहेको मन्त्रालयका कृषि अर्थ निर्देशक प्रकाशकुमार पन्तले बताउनुभयो । सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि कार्यविधिअनुसार सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपन्छी बिमा प्रिमियम अनुदानका लागि रु तीन करोड ६० लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो । यसमध्ये कृषितर्फ रु एक करोड २० लाख र पशुपन्छीतर्फ रु दुई करोड ४० लाख छुट्याइएको छ ।

कार्यविधिले आवश्यक रकम सङ्घीय सरकारले सशर्त वित्तीय हस्तान्तरणमार्फत उपलब्ध गराउने र त्यसको कार्यान्वयन प्रदेश सरकारले गर्ने व्यवस्था गरेको छ । विनियोजित बजेट अपुग भएमा प्रदेशले अपुग रकम आफैँ व्यवस्थापन गर्नसक्ने व्यवस्था रहेको छ ।

नयाँ व्यवस्थाअनुसार किसानले धान, गहुँलगायत खाद्यान्न बाली, तरकारी, आलु, फलफूल, केरा, सुन्तला, जुनार, अदुवा, बेसार, अलैँची, कफी, चिया, च्याउ, किवी, ड्रागन फल, स्याउलगायत बालीको बिमा गर्न सक्नेछन् । यस्तै, टिमुर र मेन्थाजस्ता जडीबुटी तथा पशुधन, पन्छी, बङ्गुर, बाख्रा, माछा र घाँसेबालीको बिमामा अनुदान उपलब्ध हुनेछ ।

मन्त्रालयका प्रवक्ता खड्का सुदूरपश्चिममा कृषि तथा पशुपालनको सम्भावना भएका तराईदेखि पहाडी र हिमाली जिल्लासम्मका किसानले यसबाट लाभ लिन सक्ने बताउनुहुन्छ । बाढी, डुबान, असिना, खडेरी, अतिवृष्टि, रोगव्याधि तथा अन्य विपद्का कारण बाली र पशुधनमा क्षति हुँदा किसानले व्यहोर्नुपर्ने आर्थिक भार कम गर्न बिमा महत्वपूर्ण माध्यम बन्दै आएकाले यसबाट लाभ लिन उहाँको आग्रह छ ।

कार्यविधिले बिमा प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन कृषि तथा पशुधन बिमा प्रणाली (एएलआईएस) मार्फत बिमालेख जारी गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रणालीमा कुनै समस्या आए राष्ट्रिय बिमा प्राधिकरणको स्वीकृति लिई भौतिक रूपमा समेत बिमालेख जारी गर्न सकिने व्यवस्था रहेको छ ।

बिमा कम्पनीले प्रत्येक महिना जारी गरेका बिमालेखको विवरण सात दिनभित्र नेपाल बिमा प्राधिकरणमा पेस गर्नुपर्नेछ । प्राधिकरणले विवरण रुजु गरी प्रदेश मन्त्रालय वा तोकिएको कार्यालयमार्फत अनुदान रकम निकासा गर्ने व्यवस्था रहेको छ ।

बिमा कार्यक्रममा किसान, स्थानीय तह, सहकारी तथा अन्य सरोकार भएका संस्थाले समन्वय गर्नसक्ने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार सम्बन्धित प्रदेशका कार्यालय वा स्थानीय तहले बिमाका लागि आवश्यक सिफारिस र सहजीकरण गर्नुपर्नेछ । किसानको सामूहिक बिमा गराउन स्थानीय तह तथा सहकारी संस्थासमेत सहभागी हुन सक्नेछन् ।

सरकारले कृषि बिमाको प्रिमियममा अनुदान दिने व्यवस्था २०६९ माघ १ गतेदेखि सुरु गरेको थियो । पछिल्लो कार्यविधिले कृषि, पशुपन्छी तथा जडीबुटी बिमालाई समेट्दै अनुदान वितरण, बजेट व्यवस्थापन र भुक्तानी प्रक्रियालाई व्यवस्थित गरेको छ । किसानले सरकारी अनुदान पाउने भएकाले कृषि तथा पशुपालन व्यवसायमा आबद्ध किसानलाई आफ्नो उत्पादन र पशुधनको बिमा गरी सम्भावित जोखिमको आर्थिक सुरक्षण गर्न सरकारले आग्रह गर्दै आएको छ ।

सुदूरपश्चिममा किसानको सहजताका लागि जिल्लाअनुसार विभिन्न कम्पनीलाई बिमा गराउने जिम्मेवारी तोकिएको छ । यहाँ कैलाली, डोटी र बझाङमा राष्ट्रिय बिमा कम्पनी, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा नेपाल इन्स्योरेन्स कम्पनी तथा बाजुरा र अछाममा युनाइटेड अडोज इन्स्योरेन्सलाई जिम्मेवारी दिइएको छ ।

  • अछाम
  • कैलाली
  • डोटी
  • बझाङ
  • बाजुरा
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

    जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

  • Post Thumbnail

    पञ्चेबाजा बजाउन सिक्दै लमहीका महिला

  • Post Thumbnail

    भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    Post Thumbnail

    एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution